Logo

सप्तरीका २९ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

                     
Logo २२ भाद्र २०७८, मंगलवार २०:१०    

२२ भाद्र कञ्चनरुपं ।

नेकपा एमालेबाट निर्वाचित सप्तरीकाा २९ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

नेकपा एमालेबाट १२४ निर्वाचितमा २९ जनाले एकीकृत समाजवादीमा सनाखत गरेको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य गोविन्द न्यौपानेले जानकारी दिए ।

एकीकृत समाजवादी रोज्नेमा ६ जना वडा अध्यक्ष रहेका छन भने २३ वडा सदस्यहरु रहेका छन ।

वडा अध्क्षहरुमा सप्तकोशी नगरपालीका ४ नं. बद्रि नारायण चौधरी र १ नं. नारायण प्रसाद आचार्य , सुरुङ्गा नगरपालिका ४ का देवेन्द्र प्रसाद चौधरी , ८ का इन्द्रदेव प्रसाद चौधरी र विष्णु बहादुर थापा रहेका छन ।

त्यस्तै खड्क नगरपालिका ४ का विजय कुमार साह सहित ६ जना वडा अध्क्षहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गरको अध्यक्ष तथा प्रदेश सभा सदस्य न्यौपाले बताए ।

यसै गरी वडा सदस्यहरुमा सप्तकोशी नगरपालिकामा ३ जना , सुरुङ्गा नगरपालिकामा १६ जना वडा सदस्य तथा खडकमा ४ जना र अग्निसाईर कृष्ण सवरणमा १ जना सदस्यले नेकपा एकीकृत समाजवादीमा सनाखत गरका छन ।

 

 

 

 

 

 

 

 

 

 

 

 


लोकप्रिय छुटाउनुभयो कि ?