Logo

सप्तरीमा छुट्टाछुट्टै घटनामा परी ३ को मृत्यु

                     
Logo २५ भाद्र २०७८, शुक्रबार १५:४८    

कञ्चनरुप, २५ भदौ ।

सप्तरीमा छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परि ३ जनाले ज्यान गुमाएका छन् ।

विष्णुपुर गाउँपालिकातर्फ जादै गरेको को ७ प ४४१० नम्वरको मोटरसाइकललाई विपरित दिशाबाट आएको ट्याक्टरले मोटरसाइकल लाईे स १ त २८७८ नम्वरको मोटरसाइकलमा पछाडी सवार विष्णुपुर गाउँपालिका(५ कट्टीका ५५ लेल्है खंगको मृत्यु भएको हो ।ठक्करबाट घाईते भएका उनलाई अस्पताल पुर्याउदो मृत्यु भएको सप्तरी प्रहरी जनाको छ ।

यसैगरी शम्भुनाथ नगरपालिका३ कचन्दाहा स्थित एका पोखरीमा डुबेर स्थानिय २५ वर्षिया कृष्णा मण्डलको डुबेर मृत्यु प्रहरीले जनाएको छ ।

तस्तै तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुरामा हिजो ११ वर्षिय चन्दन ठाकुरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जाएको छ । आफ्नै घरमा डिस होमको रिसिभर सफा गर्ने क्रममा बालकलाई करेन्ट लागेको प्रहरीले उल्लेख गरेको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?