६ आश्विन ,कञ्चनरुप ।


सप्तरीमा बुधबार ५ वर्षीया बालिकाको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।
महदेवा गाउँपालिका २ अकवरपुरका रामचरित्र मण्डलकी ५ वर्षीया छोरी शिवानीको घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेपछि आफन्तले शव निकालेको सप्तरी प्रहरीले जाएको छ । प्रहरी पुगे पछि शवलाई पोस्टमार्टमका लागि राजजिराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगीइको छ ।

हिजो मात्रै खडग नगरपालिका ८ मुसहरनियामा ३ वर्षीया एलिजाकुमारी चौधरी, महदेवा गाउँपालिका ४ परसाहीकी ३० वर्षीय लक्षनकुमारी सदा र तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाकी १२ वर्षीय सवाना खातुनको डुबेर मृत्यु भएको थियो ।












