काठमाडौं ।


नेपालमा बुधबार एक हजार ४ यस ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ९ सय ३० नमुना परीक्षण गर्दा एक हजार ४ यस ७८ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।
त्यस्तै सोही अवधिमा १ हजार ६३० जना संक्रमणमुक्त भएका छ । हाल देशभर २१ हजार १३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।












