८ आश्विन काठमाडौं ।


नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६ सय ९० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १,४७६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ५ सय ७५ जनाको पिअिसार परीक्षण गर्दा १ सय १ सय ३ र ५ सय १ सय १५ जनाको एन्टीजेन परीक्षण गर्दा ३ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १ सय ५ सय ५० जना संक्रमित उपचार पछि निको भएका छन् । पछिल्लो २४ घण्टामा नौ जना संक्रमितको मृत्यु भएको छ ।

हाल १८ हजार ९ सय ६९ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा १ सय ३ सय १८ संक्रमित छन् भने ३ यस ४६ जना आइसियुमा र १०५ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर २ सय ४४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर एक लाख ७२ हजार ५ सय ९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।












