Logo

समाजवादी प्रेस संगठनका पत्रकार दत्तलाई मातृशोक

                     
Logo १४ आश्विन २०७८, बिहीबार १९:१९    

१४ आश्विन ,कञ्चनरुप ।

समाजवादी प्रेस संगठनका सल्लाहकार पत्रकार सतिश कुमार दत्तलाई मातृशोक परेको छ ।

सप्तरी जिल्ला राजबिराज निवासी पत्रकार दत्तकी ७५ बर्षीया आमा सशिलता दत्तको उपचारकाको क्रममा बुधबार साँझ ७ बजे निधन भएको हो ।

सोमबार आमाको स्वास्थ्यमा समस्या भएपछि राजबिराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएपनि अबस्था झन जटिल भएपछि थप उपचारका लागि धरान लगिएको र उपचारका क्रममा मै त्यही दत्तले जानकारी दिए ।

२००३ असोजमा जन्मिएकी पत्रकार दत्तकी आमामा कुनै प्रकारको दीर्घरोग नभएको आमाको उपचारकै निधन भएको हो ।

पत्रकार दत्तको आमाको निधनप्रति समाजबादी प्रेस संगठन सप्तरीले गहिरो दुःख व्यक्त गर्दै समाजबादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल पोखरेलले बिहीबार एक शोक बक्तब्य जारी गर्दै पत्रकार दत्तको आमाको निधनको खबरले स्तब्ध तुल्याएको जनाएका छन । यसैगरी नेपाल पत्रकार महासंघ शाखा सप्तरीले बिहीवार एक शोक बक्तब्य जारी गर्दै पत्रकार दत्तको आमाको निधन प्रति गहिरो सम्बेदना व्यक्त गरेको छ् ।

पत्रकार दत्तको आमालाइ जिल्लाको हनुमानगर स्थित आर्यघाटमा बिहीबार ३ बजे हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

 

 

 

 

 


लोकप्रिय छुटाउनुभयो कि ?