Logo

एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि , १३ जनाको मृत्यु

                     
Logo १५ आश्विन २०७८, शुक्रबार १७:५५    

१४ आश्विन , काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ३६८ नमुना परीक्षण गर्दा एक हजार ६६ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ८९८ र एन्टिजेनबाट १६८ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा १० हजार ११३ जनाको पीसीआर र ३ हजार २५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै गएको २४ घण्टामा १३ जनाकोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ ।

त्यसैगरी सोही अवधिमा ९३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ६६ हजार ६९६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १८ हजार ११५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ


लोकप्रिय छुटाउनुभयो कि ?