Logo

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा उदघाटन सत्रमा कस कसले के के भने ?

                     
Logo १० मंसिर २०७८, शुक्रबार १७:४२    

१०, मंसिर , चितवन ।

चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा आजदेखि सुरु भएको एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी विभिन्न पार्टीका शीर्ष नेताले शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवा

एमाले महाधिवेशनलाई सफलताको शुभकामना दिँदै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद सहकार्य आवश्यक रहेको बताए । उनले दलहरुबीच नीतिगत विषयमा भएका बिमतिहरुलाई संविधानमार्फत निर्धारण गरेका विधिबाट टुङ्गो लगाउनुपर्ने बताए ।

सबै मिलेर संविधानसभाबाट नयाँ संविधान बनाएको स्मरण गराउँदै उनले यसलाई संस्थागत गर्न जिम्मेवारी सबै दलहरुमा रहेको बताए । नयाँ संविधानमार्फत लोकतन्त्रका मूल्य र मान्यतालाई संस्थागत गर्न यस अभियानमा विभिन्न राजनैतिक दलहरुसँगै नेकपा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुहुँदै हामीहरुबीच मतभेदहरु रहेको छ र त्यसैका कारण फरक राजनैतिक दलमा आबद्ध भएको बताए ।

उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, शासन पद्धति जनतामा केन्द्रित गर्नुपर्ने विषयलाई अझै एजेण्डा बनाउन नसकिएको बताएका छन् ।

चितवनमा जारी नेकपा एमालेको १०औँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले लोकतान्त्रिक र संवैधानिक संस्थाहरू निष्क्रिय भएकोले यसलाई प्रभावकारी बनाउन अब ढिलो गर्न नहुने बताए । उनले सबै कमजोरीलाई हटाएर लोकतन्त्र, संघीयता र समावेशीलाई जनताको हितमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘अहिले एकातिर नेपालको विविधतालाई एकतामा र एकतालाई विविधतामा कस्ने समावेशी र लोकतान्त्रिक संविधानको अभावले शान्ति, संघीयता र समृद्धिहरू टाढिँदै गएको छ ।’ उनले जनआन्दोलन, मधेश आन्दोलनका उपलब्धिहरूलाई ओझेलमा पारिएको समेत बताए ।

कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन् । चितवनमा आयोजित एमालेको १०औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष थापाले ओलीको प्रशसा गरेका हुन् ।

ओली स्वाभिमानी भएको उनको भनाइ छ । लिम्यिाधुरा समेत समेटर पूर्ण नक्सा प्रकाशित हुनुलाई उनले ओलीको अविश्वरमणीय काम भएको बताए ।

ओलीले मधेसमा पृथकतावादी आन्दोलन गरिरहको डा सिके राउत र नेद्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई मुलधारमा ल्याएको अध्यक्ष थापाले बताए ।

उनले भने, ‘ओलीलाई सधैं सम्झिने छ २ कार्य कार्य भएका छन्, मधेसमा पृथकतावादी आन्दोलन गरिरहको एउटा शक्ति मुलधारमा आएको छ । विप्लव माओवादीलाई पनि मुलधारमा ल्याउनुभएको छ ।’

दोस्रो कार्यकालका अन्य परिघटनामा असहमित रहेको बताएका थापाले ओलीको पहिलो कार्यकालको थप प्रशंसा गरे । भारतीय नाकाबन्दी ओलीकै दृढताले असफल भएको उनले बताए ।

महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष मधेसको माग सम्बोधन नभए मानव साङ्लो उतार्ने महन्थको चेतावनी

अध्यक्ष महन्थ ठाकुरले मधेसका माग सम्बोधन नभए २० लाख जनता उतार्ने बताएका छन् ।

शुक्रबार चितवनमा सुरु भएको नेकपा एमालेको १०औं महाधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले यस्तो चेतावनी दिएका हुन् ।

उनले यसअघि पनि २० लाख मानव सांङलो उतारेको स्मरण गर्दै भने, ‘मधेशको माग सम्बाधेन नभए २० लाखको मावव साङ्लो उतार्न नपरोस् ।’ उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले केही मुद्दा र माग सम्बोधन गर्ने प्रयास गरेपनि सबै हुन नसकेको बताए ।

‘केपीजीले सरकारको नेतृत्व गर्दा केही मुद्दा फिर्ता र बन्दी रिहाका काम भएका थिए । सबै हुन पाएको छैन’ उनले भने, ‘अहिले प्रधानमन्त्री देउवाजी हुनु भएको छ । हाम्रा संसद नेता कार्यकर्ता अझै जेलमा छन् उनीहरुलाई छोड्ने र मुद्दा फिर्ता लिन सहयोग गर्नुस् ।’

रामबहादुर थापा ‘बादल

थापाले जनादेशबाट बनेको सरकारलाई अलोकतान्त्रिक विधि परमादेशबाट विस्थापित गरिएको आरोप लगाए ।

शुक्रबार चितवनमा सुरु भएको एमालेको १०औँ महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै बादलले यस्तो बताएका हुन् । । उनले भने, ‘मुलुकको व्यवस्थापिका जनादेशबाट होइन, ठाडो अध्यादेशमार्फत सञ्चालित भइरहेको छ । जनादेशबाट बनेको सरकार अलोतान्त्रिक रुपमा परमादेशबाट विस्थापित गरिएको छ ।’

उनले देशको नीति निर्माण गर्ने संसद् अस्तव्यस्त रहेको बताएँदै मुलुकको न्याय व्यवस्थालाई सेटिङको माध्यमबाट भताभुङ्ग पारिएको आरोप लगाए ।

राष्ट्रियता, गणतन्त्र संघीयता र जनजीविका जोखिममा परेको बताउँदै देशको राजनीति दुई ध्रुवमा बाँडिएको बताउँदै उनले एउटा पक्ष अग्रगमन समाजवादी पक्षमा र अर्को पक्ष पश्चगमन, दलाल पुँजीपतिको पक्षपोषणमा लागेको आरोप लगाए । उनले भने, ‘एकातर्फ वामपन्थी र अर्कोतर्फ दक्षिणपन्थी अन्ध राष्ट्रवादी शक्ति रहेका छन् । यो अन्तर्राष्ट्रिय परिस्थिति पनि सामान्य होइन ।’

लीलामणि पोखरेलले

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेकपा एमाले समाजवादी आकांक्षमा अलमलिएको बताएका छन् ।

शुक्रबार चितवनमा नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा माओवादीको तर्फबाट शुभकामना व्यक्त गर्दै एक्लै हिडेर कहीँ नपुग्ने बताए । विभाजन र एकता कम्युनिस्ट आन्दोलमा ७० वर्षदेखि भएको भन्दै उनले भने, ‘एक्लै हिँड्ने तरिकाले कहीँ पुगिदैन ।’

राष्ट्रिय स्वाधीनता र देशको विकासका लागि सबैको सहकार्यको आवश्यकता औँल्याउँदै कम्युनिस्ट पार्टीको इतिहासमा भइरहेको टुटफुट र एकतालाई स्वाभाविक प्रक्रियाका रूपमा व्याख्या गरे । ‘समाजमा अन्तर्विरोध स्थिर हुँदैनन्, सामाजिक परिवेश बदलिरहन्छन्, यो नियम मार्क्सवादीले मात्र विश्लेषण गर्न सक्छन्,’ उनले भने, ‘द्वन्द्व नभए विकास हुँदैन ।’

सामजिक शक्तिबीच द्वन्द्व र एकता स्वाभाविक रहेको उनले बताए । उने भने, ‘‘द्वन्द्व छैन भने सामजिक विकास रोकिन्छ । मतभेद र तितक्ता भएपनि विकासका लागि सहकार्य आवश्यक छ । चुनौती र सम्भावना दुवै सँगसँगै छन् ।’

आफूहरू केही काल पार्टी एकता गरेर एकै ठाउँ रहे पनि केही भिन्न मान्यता र परिवेशका कारण अलग हुन पुगेको उनको भनाइ थियो । कम्युनिस्ट आन्दोलन विभेदीकरणको निषेध, समानताको परिचय, स्वतन्त्रताको अभिव्यक्ति हो भन्दै उनले हरेक अत्याचारको विरोध गर्न कम्युनिस्ट आन्दोलनले नै सिकाएको प्रस्ट पारे ।

नेपाली कम्युनिस्ट आन्दोलनप्रति जनताको अपार विश्वास रहनुका साथै नयाँ र समृद्ध नेपाल निर्माण गर्न हाम्रासामु चुनौती रहेको पनि उनले बताए । कसैको एक्लो यात्राले राष्ट्रिय स्वाधीनता, जनताको सच्चा लोकतन्त्रको विकास र समृद्धि हासिल गर्न कठिन रहेको उनको भनाइ छ ।

चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका बामपन्थीबीच एक–अर्कालाई खुइल्याउने काम मात्रै भएको टिप्पणी गरेका छन् ।

शुक्रबार चितवनमा आयोजित नेकपा एमालेको १०औं महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै केसीले विश्वमा वाम आन्दोलन सकिँदै गइरहँदा नेपालमा एक अर्काको गोडा तान्ने काम भइरहेको बताएका हुन् ।

उनले देशभित्रको समस्यामा वाह्य शक्तिलाई सबै कुरा भनेका कारण उनीहरुले हेपेको टिप्पणी गरे। ‘अहिले देखिएको अराजकता हामी नेताका कारण भएको हो भनेर स्वीकार गर्नु पर्‍यो,’ उनले भने, ‘हामी राजनीतिक दल नसुध्रिएसम्म हुँदैन। राजनीतिकलाई पेसा बनाएसम्म यस्तै हुन्छ।’ राजनीतिलाई पेसा बनाएसम्म अहिलेको अवस्था कायम रहने बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?