Logo

नेपाली काङ्ग्रेस महाधिवेशन : सप्तरीे क्षेत्र नं. १ (ख)बाट सभापतिमा मिश्रा निर्वाचित

                     
Logo ११ मंसिर २०७८, शनिबार ११:५५    

११ मंसिर कञ्चनरुप ।

नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सप्तरीको क्षेत्र नं. १ ख मा प्रदेश सभा क्षेत्रीय अधिवेशनमा उमेशकुमार मिश्रा निर्वाचित भएका छन ।

क्षेत्र नं. १ (ख)बाट सभापतिमा उमेशकुमार मिश्रा १ सय ८३ मतका साथ ६ सदस्य टिम विजय भएका छन् भने, मुरलिधर खिडहरी १ सय ६५ मतल्याई पराजय भएका छन् उनको टिमबाट ९ जना सदस्यपदमा विजय भएका छन् ।

सभापति पदमा विजय भएका उमेशकुमार मिश्राको टिमबाट उपसभापति पदमा इन्द्रनारायण यादवले १ सय ७६ र भगवतिप्रसाद यादवले १ सय ७४ मतल्याई विजय भएका छन् । सचिव पदमा बेचन खडगाले १ सय ७९ र निरञ्जनप्रसाद साहले १ सय ७५ मतल्याई विजय भएका छन् । सह–सचिवमा बब्बुकुमार चौधरीले १ सय ७७ र देवकुमार मेहताले १ सय ७३ मतल्याई विजय भएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?