११ मंसिर कञ्चनरुप ।


नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सप्तरीको क्षेत्र नं. १ क मा प्रदेश सभा क्षेत्रीय अधिवेशनमा विभिन्न पदमा १० जना महिला उमेदवार मध्ये परशुराम चौधरीको टिमकाट सर्वाधिक मत प्राप्त गरी कञ्चनरुप ८ की सधा गुप्ता निर्वाचित भईन ।
क्षेत्रिय महिला खुल्ला तीन पदका लागी भएको निर्वाचनम सुधा गुप्ता १७२, रेखा देव १७१ कुन्ता अधिकारी १७० मतका साथ विजयी भए भने प्रतिद्धन्दीका रुपमा रहेका द्रोपती देवी चौधरी १५६, खड्ग माया भट्टराई १५९ र सविता श्रेष्ठ १४२ मत ल्याए ।

उप सभापतिको पदका लागी भएको निर्वाचनमा सुमित्रा देवी यादवले १४७ मत पाईन तर ४५ मात अन्तरका कारण विजयी हुन सकिन्न ।
त्यसै गरी समावेशी प्रतिनिधि पदका लागी ६ पदमा एक सिट महिलाको हातमा थियो जसमा मञ्जु देवी सरवरयिा १७७ मतका साथ वाजी मारीन भने आशा देवी मण्डल १३९का साथ पछि परिन ।
समग्रमा यस पल्ट नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन महिलाहरुलाई पुर्ण स्थान दिएको देखिन्छ ।












