माघ ५ राजविराज ।


मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामाकरणले आन्दोलनका शहीदहरू प्रतिको सच्चा श्रद्धाञ्जली भएको बताएका छन ।
चौथौ बलिदानी दिवसका अवसरमा बुधबार सप्तरीको राजविराजमा मधेश सरकार मातहतको मधेसी सहिद प्रतिष्ठानले आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले शहीदहरूले देखेको मधेस प्रदेशको सपना एक हद सम्म पूरा भएको बताका हनु ।

उनले मधेश आन्दोलन क्रममा सहिद परिवार तथा घाइतेहरूको सम्मानमा मधेश सरकार कुनै कमी न राख्ने प्रतिबद्धता जनाएका छन ।मधेश आन्दोलनको प्रथम सहिद रमेश महतोले सहादत प्राप्त गरेको दिन अर्थात मधेस प्रदेश बनाउन सहयोग गरेका प्रदेश सभा सदस्यहरू प्रति धन्यवाद ग्यापन गर्दै मुख्यमन्त्री राउतले शहीदहरूको सपना पूरा गराउन आगामी दिन समेत एकबद्ध रहने विश्वास व्यक्त गरे ।
यसै क्रममा चौथौ बलिदानी दिवसका अवसरमा बुधबारै राजविराजमा सहिद परिवार र घाइते परिवारलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सहिद परिवारका सदस्यहरूलाई ३/३ लाख रुपैयाँसहित सम्मान पत्रबाट सम्मान गरेका थिए ।
मधेस सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत मधेसी सहिद प्रतिष्ठानद्वारा राजविराजमा आयोजित बलिदानी दिवस कार्यक्रममा मधेस आन्दोलनका ५९ जना सहिदका परिवारलाई प्रदान गरिएको मधेस प्रदेशका अर्थमन्त्री साहले जानकारी दिए । मधेस आन्दोलनका क्रममा घाईते तथा अंगभंग भएका ८१ जनालाई २५ हजारदेखि ३ लाख रुपैयाँसम्म रकम वितरण गरिएको अर्थमन्त्री साहले जानकारी दिए । रोजगारबाट बञ्चित रहेका सहिद परिवारलाई भरणपोषण बापत प्रदेश सरकारले मासिक २१ हजार रुपैयाँ दिने गरी स्थायी व्यवस्था गर्न लागेको अर्थमन्त्री साहले बताए ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र प्रसाद साह‚ राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव‚ जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव‚ पूर्व मन्त्री एवम् नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष उमेशकुमार यादव‚ जसपा सप्तरीका अध्यक्ष केदारप्रसाद यादव लगायतले शहिदहरुको योगदानलाई चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।












