Logo

वडा सदस्यको निधनको शोकमा शुक्रवार कञ्चनरूप नगरपालिका बन्द रहने 

                     
Logo ६ माघ २०७८, बिहीबार १८:५२    

६, माघ कञ्चनरूप ।

सप्तरीको कञ्चनरूप नगरपालिका २ का वडा सदस्य अकबर शेख अलीको निधन भएको शोकमा कञ्चनरूप नगरपालिका  तथा सम्पूर्ण वडाहरू बन्द गरिने भएको छ ।

कञ्चनरूप नगरपालिका कार्यालय तथा त्यस मातहतका सम्पूर्ण विषयगत कार्यालय तथा सम्पूर्ण हरू शुक्रवार एक दिनका लागि बन्द गरिएको कञ्चनरूप नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रेणुका साहले बताइन ।भोलि ०७ गते शुक्रबारका दिन  मुस्लिम संस्कार अनुसार सद गद्‌ गर्ने कार्यक्रम रहेकोले नगर कार्यपालिकाको कार्यालय र सम्पूर्ण वडा  कार्यालयहरू बन्द रहने जनाइको छ ।

कञ्चनरूप नगरपालिका २ का वडा सदस्य ५८ वर्षीय अकबर शेख अली को बुधवार राति करिव २ बजे निधन भएको थियो । स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेश बाट उनी वडा सदस्य पदमा निर्वाचित भएका थिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?