७ , माघ ,कञ्चनरूप ।


सप्तरीमा स्रोत नखुलेको झण्डै १० लाख रूपैयाँसहित दुई युवक पक्राउ परेका छन् ।
भारतबाट नेपाली रकम भित्र्याएको आंशकामा प्रहरीले डाक्नेश्वरी –५ का २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ का २४ वर्षीय दिलिपकुमार मण्डललाई पक्राउ गरेको जनाएको छ ।

राजविराज–हनुमाननगर सडक खण्ड अन्तर्गत छिन्नमस्ता अस्पताल अगाडी चेकजाँच गर्दा प्रदेश २–०१–००३ प। ३४७८ नम्बरको मोटरसाइकलमा सवार रहेको उनीहरुको साथबाट ९ लाख ९० हजार रुपैयाँ बरामद भएको हो ।
स्रोत नखुलेको अबैध रुपैयाँसहित मोटरसाइकल र आरोपित दुई युवकमाथि थप अनुसन्धान कार्यका लागि सुनसरीको राजश्व कार्यालय इटहरी बुझाइएको प्रहरीले जनाएको छ ।












