Logo

सप्तरीमा लागुऔषधसहित तीन जना पक्रउ

                     
Logo ७ माघ २०७८, शुक्रबार १९:०२    

७ माघ,कञ्चनरुप ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलन गरी लागुऔषध सहित तीनै जनालाई सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा तिरहुत गाउँपालिका वडा नम्वर ५ बस्ने २७ वर्षीय राज कुमार मेहता, १९ वर्षीय सिन्धु सदा र अग्निसाईर कृष्णसवरण गाउँपालिका वडा नम्वर ६ वस्ने २५ वर्षीय बैजु साह रहेको प्रहरीले बताएको छ ।

छिन्मस्ता गाउँपालिका वडा नम्वर १ बरही स्थित पूर्व–पश्चिम कोशी कर्णाल पम्प नहरको बाटोमा बिहिबार राति करिव १० बजे चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को २३ प २७७३ नम्वरको मोटरसाइकलमा डाइलेक्स डिसी १०० एमेलको १९० बोतल, डायजेपाम ९५ एम्पुल, फेरानगल ९५ एम्पुल र लीजेसिक ९५ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?