२० माघ काठमाडौं ।


नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट १६ जनाको ज्यान गएको छ । संक्रमण घट्दै गए पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने घटेको छैन । बिहीबार नेपालका कोरोनाबाट १४ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट गरिएको ११ हजार ७३ नमुनाको परीक्षण गरिएको थियो । पीसीआर विधिबाट १हजार ६सय २ र एन्टिजेनबाट ९ सय २४ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा निको हुनेको संख्या भने ८ हजार ४ सय २५ रहेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको संख्या ५६ हजार ४ सय ५७ रहेको छ ।












