Logo

सप्तरीको कञ्चनरूपमा विभिन्न पार्टी परित्याग गरि ५२ जना कांग्रेसमा प्रवेश

                     
Logo ११ फाल्गुन २०७८, बुधबार १९:१४    

११ फाल्गुन, कञ्चनरूप ।

सप्तरीको कञ्चनरूपमा  विभिन्न पार्टी परित्याग गरिचार दर्जनभन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नं.(क) कञ्चनरूप नम्बर  वडा ४ मा आयोजना गरको कार्यकर्ता भेटघाट कार्यक्रममा राजु यादव नेतृत्वमा  ५२ जना  कार्यकर्ताहरू  नेकपा एमाले, माओवादी, राप्रपा पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको  नेपाली कांग्रेस सप्तरी क्षेत्र नं.१  प्रदेश सभापति ललन प्रसाद गुप्ता जानकारी दिए ।

नवप्रवेशीलाई नेपाली कांग्रेस सप्तरी क्षेत्र नं.१ का  सभापति गुप्ता , महाधिवेशन प्रतिनिधि तथा कञ्चनरूप नगरपालिकाकी उपप्रमुख निरू पोखरेल , नगर सभापति कैलास कुमार साह लगायतकाले दोसल्ला तथा  फूलमाला गरि स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा क्षेत्रीय सभापति ललन प्रसाद गुप्ता, महाधिवेशन प्रतिनिधि निरू पोखरेल प्रदेश (क) उपसभापति जगत  कटुवाल , बद्री श्रेष्ठ कार्य समिति, क्षेत्रीय सदस्य र पार्टी कार्यकर्ता लगायत को उपस्थितिको उपस्थिति रहेको थियो । 

 


लोकप्रिय छुटाउनुभयो कि ?