Logo

कांग्रेसको सप्तरी सभापतिमा संस्थापन पक्षका यादव र इतर पक्षका साहले उम्मेदवारी

                     
Logo १२ फाल्गुन २०७८, बिहीबार ०७:४८    

१२, फाल्गुण ,राजविराज ।

नेपाली कांग्रेसको सप्तरी जिल्ला सभापतिमा ( इतर पक्ष ) डा. शेखर कोइराला पक्षका रामदेव साहले उम्मेदवारी घोषणा गरेका छन् ।

जिल्ला नेतृत्वका लागि संस्थापन पक्षका उम्मेदवार शत्रुधन यादव र इतर पक्षका उम्मेदवार रामदेव साह चुनावी मैदानमा उत्रेका छन ।

फाल्गुन १५ गते जिल्ला कार्य समिति चयनका लागि संस्थापन पक्ष अर्थात प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट शत्रुधन यादव उम्मेदवारी घोषणा भएको एक दिनपछि कोइराला पक्ष अर्थात इतर पक्षका उम्मेदवार रामदेव साह उम्मेदवारी घोषणा गरेका हुन् ।

राजविराजमा बुधबार एक कार्यक्रमको आयोजना गरी कोइराला पक्षले रामदेव साहलाई जिल्ला पार्टी सभापतिको उम्मेदवार घोषणा गरेको हो । सप्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद तेजुलाल चौधरीले कार्यक्रममा साहलाई सभापतिको उम्मेदवार घोषणा गरे ।

घोषणा कार्यक्रममा पूर्व मन्त्री हेमराज तातेड, संविधानसभा सदस्य रञ्जित कर्ण, पुराना नेता बिकेश्वर यादव ‘विमल ’ सहितको उपस्थिति थियो ।

यसअघि देउवा पक्ष अर्थात् संस्थापन पक्षबाट मंगलबार शत्रुधन यादवलाई सभापतिका लागि उम्मेदवार घोषणा गरेका थिए । 


लोकप्रिय छुटाउनुभयो कि ?