१२ फाल्गुन , कञ्चनरूप।


सप्तरी प्रहरीले ब्राउन सुगर सहित दुई जना युवकलाई पक्राउ गरेको जनाएको छ ।
जिल्लको सप्तकोसी नगरपालिका –२ सखुवनीबाट प्रदेश १–०५–००१ प ४५९३ नम्बरको मोटरसाइकल लैजाँदै गरको अवस्थामा साथबाट ६ ग्राम ब्राउन सुगर सहित पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका –१३ लक्ष्मिपुरका २६ वर्षीय सुमित चौधरी र उदयपुरकै चौदण्डी नगरपालिका –८ हडियाका ३४ वर्षीय विद्यानन्द चौधरी रहेको प्रहरीले जनाएको छ ।
दुवै जनामाथि लागू औषध मुद्दामा म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।












