१२ फाल्गुन ,कञ्चनरूप ।


सप्तरीमा छुट्टाछुट्टै स्थानमा घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको डाक्नेश्वरी न.पा.वडा नं.९ पत्थरगाढा बस्ने वर्ष ४२ को महादेव साह घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पटाउने क्रममा अचानक करेन्ट लागी घाईते करेन्ट लागेर साह गम्भीर घाईते भएका थिए। उनको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सवारी दुर्घटनामा परि सप्तरी विष्णुपुर गाउँपालिका वडा नम्बर ४ का ५८ वर्षीय सूर्य नारायण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यादवको विराटनगर स्थित नोबेल अस्पतालमा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ जगमोहन गत फागुन ५ गते यादव सवार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा११प ७३२१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु२च ७९२८ नम्बरको पिकअपले पछाडिबाट ठक्कर दिएको थियो ।












