विरेन्द्र साह


१२ फाल्गुन ,राजविराज ।

राजगढ गाउँपालिकामा कमिसनले उपभोक्ता हैरान बनेका छन । गाउँपालिकाबाट आउने विकासीय बजेटमा कमिसन बिना कामै नहुने गरेको अवस्था छ ।
गाउँपालिकाको बजेटमा कुन शीर्षकमा बजेट छुट्याउदा कमिसन बढि आउने हो ,त्यो मात्र बजेट वडा वा गाउँपालिकाबाट छनोट हुनेगरेको छ । एक आर्थिक वर्षमा एउटा वडामा कम्तीमा २ करोडदेखि साढे तीन करोडको बजेट प्रवाह हुनेगरेकोमा बजेट अनुसार काम नहुनुको मुख्य जड हो कमिसन । गाउँपालिका अध्यक्षकै गाउँ नर्घो पछवारि टोलको मूल सडकदेखि राम टोलसम्म ढलानको काम हेर्दा काफी छ । उक्त योजनाको बजेट ५ लाख रहेकोमा हालसम्म ग्राभेल गरेर बजेट सिद्धयाउने दाउमा रहेको छ
अध्यक्ष कमिसन उठाउने ठेकेदार
राजगढ गाउँपालिकामा जम्मा छ वटा वडा रहेको छ । गाउँपालिकाको छ वटामध्ये सबै वडामा जाने विकासीय बजेटमा उपभोक्ता समिति गठनदेखि कामकाजको रेखदेख गरिने अधिकार वडा अध्यक्षकै हुन्छ । उपभोक्ता समितिले गर्ने काम जस्तो सुकै भएपनि सो बजेटबाट १० देखि १५ प्रतिशतसम्म कमिसनमा उपभोक्ताबाट कमिसन उपभोक्ताबाट लिने गरेको छ । उपभोक्ता समितिले जस्तो सुकै राम्रो काम गरेपनि कमिसन चेक लिनुभन्दा पहिला वडा अध्यक्षलाई कमिसन बापतको रकम बुझाउनुपर्छ । नाम नछाप्ने सर्तमा एक वडा अध्यक्षले भने हामी त कमिसन उठाउने भरिया बनाइदिएको छ । गाउँपालिकामा हुने बोड बैठकमा कमिसन हामिले नउठाउने अडान लिएपनि हामीलाई बजेटदेखि पालिकाको कामबाट बञ्चित गर्ने गरेकाले बाधय भएर कमिसन उठाउने झोले ठेकेदार बनाएको छ गाउँपालिका अध्यक्ष परमानन्द यादव ।
यता गाउँपालिका अध्यक्ष यादवले उपभोक्ता समितिबाट १० प्रतिशत जनश्रमदान रकम योजना सम्झैता हुनुभन्दा पहिला बुझाउनुपर्ने प्रावधान रहेकाले उपभोक्ताले वडा अध्यक्षबाट कमिसन लिनेगरेको आरोप लगाउने गरेको हो । यद्यपि उपभोक्ता समितिले जनश्रमदान बापतको रकम दिएपनि काम सम्पन्न भएपछि १० देखि २५ प्रतिशतसम्म कमिसन लिनेगरेको आरोप लगाए ।












