१३ फाल्गुन काठमाडौं ।


संसदबाट एमसीसी अनुमोदन प्रकृया जटिल बन्दै गएको बेला प्रधानमन्त्री शेरबहादुर देउवाको सक्रियता बढेको छ ।
दिनभर एमसीसी अनुमोदनका लागि साथ खोज्न व्यस्त देउवा साँझ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।

एमसीसी अनुमोदनका लागि सहयोग माग्न प्रधानमन्त्री देउवा दोस्रो पटक बालकोट पुगेका हुन् । गत बिहीबार पनि प्रधानमन्त्री देउवा बालकोट पुगेका थिए ।
गत बिहीबार सत्तारुढ गठबन्धनका नेताहरूसँगको छलफल पनि बालकोट पुगेको प्रधानमन्त्री देउवा आज पनि सत्तारुढ दल नेकपा माओवादी केन्द्रसँगको छलफल लगत्तै बालकोट पुगेका हुन् ।
यसअघि आजै साँझ प्रधानमन्त्री र सत्तारुढ माओवादी केन्द्रबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो । माओवादीसँगको छलफल लगत्तै देउवा बालकोट पुगेका हुन् ।












