Logo

सप्तरीको राजगढ गाउँपालिकामा कमिसनको लोभमा आसेपासेलाई उपभोक्ता बनाएपछि स्थानीय रुष्ट

                     
Logo १३ फाल्गुन २०७८, शुक्रबार १९:४७    

विरेन्द्र साह

१३ फाल्गुन राजविराज

सप्तरीको राजगढ गाउँपालिकामा हुने बिकासिय कामप्रति स्थानीय असन्तुष्ट देखिएको छ ।

गाउँपालिका अध्यक्ष परमानन्द यादवले कमिसनको लोभमा आफ्ना आसेपासेलाई उपभोक्ता बनाएपछि स्थानीय रुष्ट बनेका हुन । आफ्ना मान्छे राखेर उपभोक्ताबाट गरिने कामले कामभन्दा कार्यकर्ता पाल्ने भाडो बनाएको स्थानीय नेता ओम प्रकाश यादवको आरोप छ । उनले भने नेपाल सरकारले मुलुक सक्रियतामा लगेसँगै स्थानीयले गाउँ गाउँमा सिंहदरवार पाए तर बिकासिय काममा   क्रमरुपमा उठाउने कमिसनले उपभोक्ता हैरान छँदैछ अब भने गाउँपालिकाको गैरजिम्मेवारीपूर्ण रबैयाले स्थानीय दिक्क बनेको छ । अबपनि गाउँपालिकाले आफ्नो बिकासिय रणनीति परिवर्तन नगरेको खण्डमा हामी आन्दोलन जानुको विकल्प नरहला

जनताले राम्रो विकास निर्माण खोजेको हुन्छ तर गाउँपालिका अध्यक्ष परमानन्द यादवले आफ्नै गाउँको विकास निर्माणमा नजर अनदार गरिरहेको छ । आफ्ना आसेपासेलाई उपभोक्ता बनाएपछि के नै चाहियो र रु त्यसको पछिल्लो उदाहरण हो नर्घो अन्धरीटोलको आर  सिसि ढलानको काम । राजगढ गाउँपालिकाको वडा न ३ मा पर्ने अन्धरीटोलमा भइरहेको ढलानले जो सुकै काम गराइले कन्सिरीतलातला । गाउँपालिकाले कति बजेट दिएको, उपभोक्त समिति कसलाई बनाएको सो स्थानीयलाई कुनै जानकारी छैन । न त कुनै बोड छ न त स्थानीयलाई काममा लगाएका छन । बाहिर बाहिरका मान्छे राखेर काम गराइरहेको छ । सामान्यत आर सिसि ढलानमा ८ देखि ९ ईन्चिमा छड बाधनु पर्नेमा त्यो टोलको ढलानमा १ फिट देखि २।५ फिटसम्म छड बाँधिएका छन ,थप तस्बिरमा । बिहीवार अधिकारकर्मीको टोली जादा काममा कोही भेटिएन ,स्थानीयसँग बुझ्न खोजदा बजेटबारे अन्भिगय रहेको पाए । राजगढमा हुने बिकासिय कामबारे स्थानीयलाई कुनै जानकारी नदिइएको भन्दै स्थानीय चित्रन्जन यादवले समाजिक सञ्जालमार्फत बिरोध जनाएको छ । उनले समाजिक संजालमार्फत स्थानीयलाई बिकासिय बजेटको पार्दसिता गरिनुपर्ने , उपभोक्ता समिति को को हो सार्वजनिक र काममा भइरहेको गुणस्तरहित काम अभिलमव सच्याउन माग गरेको छ ।   नेता यादले आफूहरूले उठाएको माग समयमा नसच्चिए गाउँपालिका विरुद्ध उत्रिने चेतावनी दिएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?