१३ फागुन राजविराज।


सप्तरीले सप्तकोसी नगरपालिकामा भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सप्तरीले प्रेसविज्ञप्ति जारी गरेको छ ।
घटनामा संलग्न नगरप्रमुख सम्बद्ध नेताकार्यकर्तामाथि कारबाहीको माग गर्दे माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश कुमार यादवले शुक्रबार एक प्रेसविज्ञप्ति जारी गरेका हुन ।

नगरप्रमुख उत्तम कुमार शर्माले अनावश्यक मुठभेड निम्त्याएको तथा उक्त घटना घटाएको अध्यक्ष यादवद्वारा जारी प्रेसविज्ञप्तिमा उल्लेख छ । चारदलीय गठबन्धनले बिभिन्न ६ बुँदे माग राखी सप्तकोसी नगरपालिकाको नगरप्रमुख समक्ष माघ २४ गते ज्ञापनपत्र बुझायो, माओवादी केन्द्र सप्तरीद्वारा जारी प्रेसविज्ञप्तिमा भनिएको छ, चारदलीय गठबन्धनको मागलाई बेवास्ता गरेपछि फागुन ८ गते तालाबन्दी गरे, विज्ञप्तिमा अगाडि भनिएको छ, आन्दोलनकारीको मागलाई वार्ता, संवादद्वारा समस्या समाधान गर्नुको साटो नगरप्रमुख आबद्ध दलको नेताकार्यकर्ताले प्रहरी प्रशासनलाई दुरुपयोग गर्दै आन्दोलनकारीमाथि दमनको प्रवृत्ति प्रदर्शन गर्दै आक्रमण गरे ।
नगरप्रमुख शर्मा आबद्ध एमालेका नेताकार्यकर्ताको आक्रमणमा वडा नम्बर ४ का अध्यक्ष बद्री नारायण चौधरी, वडा नम्बर ५ का अध्यक्ष दीपक कुमार चौधरी र किसान यादव लगायतका सख्त घाईते भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । घाईतेहरुको शिघ्र उपचार एवम् स्वास्थ्य लाभको कामना तथा दोषीउपर कारबाहीको माग गर्दछु, अध्यक्ष यादवद्वारा जारी प्रेसविज्ञप्तिमा भनिएको छ । आन्दोलनकारी चार दलीय गठबन्धनको ६ बुँदे माग यथाशीघ्र पूरा गर्न सप्तकोसी पालिकालाई माओवादी केन्द्र सप्तरीद्वारा जारी प्रेसविज्ञप्तिमार्फत आग्रह समेत गरिएको छ ।
पछिल्लो चरणमा बार्साद्वारा समस्या समाधानको प्रयास सार्थक बनोस् भन्ने शुभेच्छा प्रकट गर्दै, प्रेसविज्ञप्तिमा भनिएको छ, घटनाक्रमलाई हाम्रो पार्टीले सूक्ष्म ढङ्गले हेरिरहेको र गम्भीरतापूर्वक लिएको अवगत गराउन चाहन्छु । आन्दोलनकारी चारदलीय गठबन्धनको ६ बुँदे मागलाई यथाशीघ्र पूरा गर्न सप्तकोसी नगरपालिकालाई आग्रह गर्दछु माओवादी केन्द्र सप्तरीद्वारा जारी प्रेसविज्ञप्तिमा उल्लेख गरिएको छ ।












