२६ फाल्गुन राजविराज ।


कांग्रेस सप्तरीको पछिल्लो परिणाम अनुसार सप्तरी क्षेत्र नम्बर १(क) र (ख)को मत गणना सकिएको छ भने सभापतिका उममेदवार रामदेव साह को अग्रता कायमै रहेको छ ।
सप्तरीको क्षेत्र नम्बर १ को (क) मा ३२४ र (ख)मा ३३७ गरि जम्मा ६६१ मत गणना गर्दा रामदेव साह ३६७ मत प्राप्त गरेका छन् भने शत्रुधन यादव २६९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । क्षेत्र नं. १ मा २५ वटा मत बदर भएको निर्वाचन समितिका सदस्य सन्तोष भण्डारीले जानकारी दिए ।













