२६ फाल्गुन ,संखुवासभा ।


सङ्खुवासभाको मादी नगरपालिका -६ मा भएको बस दुर्घटनामा परी १५ जनाको ज्यान गएको छ। दुर्घटनामा परि मृत्यु हुने सबै १४ जनाको पहिचान खुलेको प्रदेश १ प्रहरीले जनाएको छ ।बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका –६ को फुङ्लिङस्थित सात घुम्तीमा दुर्घटना भएको हो।
मृतकमध्ये ९ जना पुरूष र ६ जना महिला छन्। जसमध्ये २ जना बालबालिका छन्। सबै १४ मृतकलाई पोस्टमार्टमका लागि चैनपुर अस्पताल लगिएको छ।

मृतकहरू
३५ वर्षीय विपिन निरौला ( सवारी धनी तथा चालक ) औँशीडाँडा, तेह्रथुम ,३५ वर्षीय उमेश भट्टराई (सहचालक) मादी –६, सङ्खुवासभा
४५ वर्षीय दीपक दाहाल मादी ५, सङ्खुवासभा , ५२ वर्षीय श्याम शेर्पा मादी ५, सङ्खुवासभा ,५५ वर्षीय भवानी दाहाल मादी ५, सङ्खुवासभा ,३८ वर्षीय इन्द्रबहादुर अधिकारी मादी ६, सङ्खुवासभा ,५ वर्षीया दिक्षा कटवाल मादी ६, सङ्खुवासभा , ३२ वर्षीया अन्जना कटवाल, मादी ६ सङ्खुवासभा ,३८ वर्षीय आइतबहादुर तामाङ मादी ४, सङ्खुवासभा ,३५ वर्षीया सविता राउत कार्की मादी ४, सङ्खुवासभा ,३० वर्षीया सीता बिक मादी ६, सङ्खुवासभा ,६० वर्षीय बलबहादुर कार्की मादी ४, सङ्खुवासभा , ३१ वर्षीया समीक्षा योञ्जन ताप्लेजुङ ,८ वर्षीय सुदीप घिसिङ ताप्लेजुङ
घाइतेहरू
३० वर्षीय सुवास गोले – मादी ५ , सङ्खुवासभा , ३० वर्षीय यूका पोखरेल मादी ५, सङ्खुवासभा ,२२ वर्षीय तुलसा कटवाल मादी ६, सङ्खुवासभा ,अम्बिका बिक मादी ६, सङ्खुवासभा, सङ्खुवासभा ,५० वर्षीय डम्बरबहादुर कार्की मादी ६, सङ्खुवासभा












