Logo

धनुषा कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

                     
Logo २७ फाल्गुन २०७८, शुक्रबार १२:०६    

२७ फाल्गुन , जनकपुरधाम ।

नेपाली कांग्रेस धनुषाको सभापतिका लागि दोस्रो चरणको मतदान साढे १० बजेबाट सुरु भएको छ ।

जनकपुरस्थित तिरहुतिया गाछीमा सुरु भएको मतदान तोकिएको समय भन्दा डेढ घण्टा ढिलो गरि शुरु भए पनि मतदानका लागि मतदाताहरुको लाइन लागेका छन ।

दोस्रो चरणमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादव र विमलेन्द्र निधी पक्षका योगेन्द्र पजियार (जोगी) चुनावी मैदानमा उत्रेका छन् । पहिलो चरणमा कम मत ल्याएका कारण प्रतिस्पर्धाबाट आउट भएका दिनेश प्रसैला निधी पक्षका पजियारलाई समर्थन गरेका छन् ।

पहिलो चरणमा पजियारले सर्वाधिक मत ल्याएका थिए । सबभन्दा बढी मत ल्याएकाले पजियारलाई समर्थन गरेर सर्वसम्मत सभापति बनाउन निधीले संस्थापन पक्षका नेताहरुसंग आग्रह गरेपनि सहमति नजुटेपछि दोस्रो चरणको मतदान भइरहेको छ ।

धनुषामा कांग्रेसका कुल ३ हजार ५० निर्वाचन प्रतिनिधि अर्थात् मतदाता छन् । पहिलो चरणमा २ हजार ९१२ मत खसेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?