Logo

ललन प्रसाद गुप्ताले दलित कन्यालाई आफ्नी छोरी बनाई गरे कन्यादान 

                     
Logo २८ फाल्गुन २०७८, शनिबार १४:०७    

२८ फाल्गुन ,कञ्चनरूप ।

नेपाली काँग्रेस सप्तरी क्षेत्र नं. १ का सभापति ललन प्रसाद गुप्ताले एक दलित कन्यालाई आफ्नी छोरी बनाई कन्यादान गरको छन ।

कञ्चनरूप नगरपालिका वडा नं. ४ , जगतपुर निवासी जोगेन्द्र पासमान तथा श्रीवती देवी पासमानकी छोरी निशा कुमारी पासमानलाई छोरी बनाई कन्यादान गरको सभापति  गुप्ताले बताएका छन ।

सभापति  गुप्ताका अनुसार पासमान रीतिरिवाज तथा परम्परा नै निशालाई सप्तरी वोदेबरसाईन नगरपालिका २ बैरिया निवासी रामविलास पासमान तथा मीनादेवी पासमानका छोरा अभिराम पासमान सँग हिजो अर्थात फाल्गुन २७ गने राति कन्यादान गरिएको उल्लेख गरेका छन । सभापति  गुप्ताले सम्पूर्ण पासमान समुदायलाई यस्तो अवसर प्रदान गरेकोमा धन्यवाद दिएका छन ।

सभापति  गुप्ताले विभिन्न समयमा समाजमा भएका दैवीप्रकोप तथा गरीब  गरिव असाय लगायत अन्य सेवा र सहयोग  गर्दै आएका छन ।


लोकप्रिय छुटाउनुभयो कि ?