Logo

प्रधानमन्त्री इमानदार भए गठबन्धन नै चुनावमा ,इमानदार नभए गठबन्धन नहुन पनि सक्ने :मातृका यादव

                     
Logo २८ फाल्गुन २०७८, शनिबार १७:०४    

२८ फाल्गुन,  राजविराज ।

नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले निर्वाचनमा गठबन्धन भन्दा पनि आफ्नै शक्ति र साधनमा भरोसा गर्नुपर्ने बताएका छन्। प्रेस सेन्टर सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार भेटधाट कार्यक्रममा नेता यादवले यस्तो बताएका हुन ।

आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै जानुपर्ने तर आफ्नै शक्तिमा पनि भरोसा गर्नुपर्ने बताए । पार्टीको आफ्नै शक्ति छैन भने गठबन्धन गरेर पनि केही हुँदैन बताउदै उनले साथीहरुले गठबन्धनमा जोड दिनु स्वभावीक भएको बताए । तर आफ्नो शक्तिमा जोड दिएर गठबन्धनमा ध्यान दिनु जरुरी छ।

विगतमा पनि गठबन्धनको सरकार हुँदा पार्टीहरु अलग अलग तरिकाले चुनावमा गएको भन्दै उहाँले चुनावका लागि आफ्नो शक्तिलाई बलियो बनाउनुपर्ने बताए ।

प्रधानमन्त्री देउवा इमान्दार भए गठबन्धन नै चुनावमा जाने र इमान्दार नभए चुनावमा गठबन्धन नहुन पनि सक्ने नेता यादवले बताए ।

अवसरवादीहरुको प्रवेशले पार्टी कमजोर बनेको स्वीकार्दै नेता यादवले कम्युनिष्ट आन्दोलनमा देखिएको संकटप्रति सबै संवेदनशील बन्नुपर्ने बताए ।

पत्रकार भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एंव सप्तरी इन्चार्ज अशोक मंडल (अमर), केन्द्रीय सदस्य सूर्यनाथ यादव (शुभाष), मधेश प्रदेश सदस्य महेश प्रसाद यादव, छेदी रजक(विमल), अरूण साह(अनिल), नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, कोषाध्यक्ष नविन कुमार गुप्ता,पूर्व प्रेस काउन्सिल सदस्य देवराम प्रसाद यादव, सगरमाथा टेलिभिजन सप्तरी संवाददाता मनोज माझी, संचारकर्मी हेमशंकर सिंह, रामनारायण यादव,प्रेस सेन्टर नेपाल सप्तरीका उपाध्यक्ष कमान्नद माझी, सचिव भगवती यादव लगायतको उपस्थित रहेको थियो भने पत्रकार भेटघाट कार्यक्रम प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष दिनानाथ यादवको अध्यक्षतामा सम्पन्न भएको थिए।


लोकप्रिय छुटाउनुभयो कि ?