२८ फाल्गुन ,राजविराज ।


सप्तरी जिल्लाको एकमात्र त्रिवि को आङ्गिक क्याम्पस श्री महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा त्रिवि प्राध्यापक संघ मबिब क्याम्पस इकाई समितिको आज सम्पन्न निर्वाचनमा काङ्ग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघका उम्मेदवार सभापतिमा निर्वाचित भएका छन ।
बाट सभापतिमा पुष्पेन्द्र कुमार झा र नेकपा एस निकट एकीकृत प्रगतिशील प्राध्यापक संघ नेपाल बाट सचिवमा चन्देश्वर प्रसाद यादव निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। त्यसैगरी उप सभापतिमा राम नारायण यादव, कोषाध्यक्षमा उमेश कुमार यादव र सह सचीव मा उमाशङ्कर देव निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

नेकपा एस निकट एकीकृत प्रगतिशील प्राध्यापक संघ नेपालका मधेस प्रदेश संयोजक तथा मविव क्याम्पस इकाई समिति अध्यक्ष डा। सुशील चन्द्र कर्णले यो जित मविव क्याम्पसका सम्पूर्ण प्राध्यापकहरूको जित हो । यसले पक्कै पनि प्राज्ञिक क्षेत्रमा सफलता हासिल गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना तथा बधाई दिएका छन ।












