Logo

सप्तरीको अग्निसाइर कृष्णासावरणको टेंगरीमा आगलागी ,१३ घर जले २५ लाख क्षति

                     
Logo २९ फाल्गुन २०७८, आईतवार १०:२०    

२९ फाल्गुन ,कञ्चनरूप ।

सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिका-४ टेंगरीमा शनिबार मध्यरातमा आगलागी हुँदा २५लाख बराबरको क्षति भएको छ ।

अग्निसाईर कृष्णसावरण गा.पा.टेंगरी टोलका  डम्बर यादवले आफ्नै फुसको घर अगाडि थुपारी राखेको रुखको पातमा अचानक आगलागी हुँदा आगो फैलिई हुँदा १३ वटा घर जलेर नष्ट हुँदा २३ लाख ७५ हजार बराबरको क्षति भएको  प्रहरीले जनाएको छ ।

इप्रका महुली ,इप्रका कञ्चनपुर सप्तरी र प्र.चौ. लोहाजारा बाट प्रहरी टोली खटिई गई हनुमाननगर कंकालिनी न.प.। को दमकल, शम्भूनाथ न.प.। को दमकल, राजबिराज तालिम केन्द्रको दमकल र स्थानीय मानिसहरू र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मध्यरातमा आगलागी हुँदा डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुलदेव यादव, महेशकुमार यादव, बृजनारायण यादव, महेश यादव, भोला यादव, अमरेन्द्र यादव, धिरज यादवसहित १३ जनाको घर जलेका सप्तरी प्रहरीले जनाएको छ ।

आगलागीमा डम्बर यादवको फुसको घर १ वटा, अन्नपात र फर्निचरको सामान गरी करिव २ लाख ,  श्याम कुमार यादवको फुसको घर १ वटा, अन्नपात र फर्निचरको सामान करिव  २ लाख,  दिनेश कुमार यादवको फुसको घर गोठ १ वटा, बाख्रा ४ वटा जलि मरेको, अन्नपात र फर्निचरको  गरी करिव। २ लाख २० हजार , मनोज कुमार यादवको फुसको घर गोठ १ वटा, अन्नपात र फर्निचरको सामान गरी करिव २ लाख , फुल्देव यादवको फुसको घर गोठ १ वटा, बाख्रा ५ अन्नपात र फर्निचरको सामान गरी करिव २ लाख २५ हजार महेश कुमार यादवको फुसको घर गोठ १ वटा, अन्नपात र फर्निचरको सामान गरी करिव १ लाख ८० हजार ब्रिज नारायण यादवको फुसको घर गोठ १ वटा, अन्नपात र फर्निचरको सामान गरी करिव १ लाख ९० हजार महेश कुमार यादवको फुसको घर गोठ १ वटा, अन्नपात र फर्निचरको सामान गरी करिव २ लाख ,भोला यादवको फुसको घर गोठ १ वटा, अन्नपात र फर्निचरको सामान गरी करिव लाख ९० हजार ,सत्य नारायण यादवको फुसको घर गोठ १ वटा, अन्नपात र फर्निचरको सामान गरी करिव। २ लाख ,अमरेन्द्र कुमार यादवको फुसको घर गोठ १ वटा, अन्नपात र फर्निचरको सामान गरी करिव २ लाख बराबरको उपेन्द्र यादवको फुसको गोठ जलि २० हजार र धिरज यादवको फुसको फुसको घर गोठ १ वटा, अन्नपात र फर्निचरको सामान गरी करिव १ लाख ५० हजार बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ  

 


लोकप्रिय छुटाउनुभयो कि ?