Logo

पत्रकार संघीयताको पक्षमा कलम चलाउन मधेश प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्रीको आग्रह

                     
Logo २९ फाल्गुन २०७८, आईतवार १८:१६    

अम्बिका दहाल

२९ फाल्गुन , राजविराज।

मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले देश विकासको मेरुदण्ड संघीय शासन प्रणाली भएको जिकिर संघीयताको पक्षमा पत्रकारहरूलाई कलम चलाउन आग्रह गरेका छन ।

सप्तरीको राजविराजमा आइतबार सञ्चार माध्यम र पत्रकार आचारसंहिता निर्माण सम्बन्धी सुझाव संकलन कार्यशाला गोष्ठीमा मन्त्री  साहले यस्तो बताएका हुन् ।

मधेश सरकार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय मिडिया काउन्सिल मधेश प्रदेश जनकपुरधामद्वारा आयोजित कार्यक्रम प्रमुख अतिथिको आशनबाट  बोल्दै मन्त्री साहले राम्रो कार्य गर्नेलाई पुरस्कृत र पित्त पत्रकारिता गरी जनताको भावनामा ठेस पुग्ने गरि समाचार सम्प्रेषण तथा प्रकाशन गर्जे पत्रकार र सञ्चारमाध्यमलाई दण्डित गर्ने सम्मको ऐना बन्ने बन्न लागेको बताए ।

सञ्चार मन्त्रालयले सञ्चार माध्यम र पत्रकारहरूको विकासको लागि सञ्चार ऐन निर्माणको क्रममा छ, मन्त्री साहले भने, ऐनमा प्रदेशको श्रोत र साधनले भ्याएसम्म सञ्चार माध्यमहरूलाई व्यवस्थापन गर्दै पत्रकारहरूको सेवासुविधा बढाउने नीति अघि सरिसकेको छ ।

आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्णले दलगत प्रयोजनको रुपमा बजेट दुरुपयोग हुन नदिने बताइन । राज्यमन्त्री कर्णले पत्रकारितालाई मर्यादित र अनुशासित बनाउन सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

त्यस्तै प्रदेश आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारहरूको लागि स्वास्थ्य बिमा दुर्घटना बिमा लगायतका सुविधाको लागि धेरै काम अगाडि बढेको जानकारी गराए ।

१ लाख सम्मको स्वास्थ्य बिमा, ७ लाख सम्मको दुर्घटना बिमा २ करोड सम्मको लोककल्याणकारी बिमा स्थापनाको काम अन्तिम चरणमा छ, उनले भने, प्रेस प्रतिनिधि परिचयपत्र दिने र सञ्चार माध्यमहरूको नवीकरण गर्ने कार्य अब मधेश सरकारले नै गर्छ । यादवले सरकारले ल्याएको ऐन कार्यान्वयनसँगै सञ्चार माध्यम र पत्रकारहरूको सेवासुविधा वृद्धि भएसँगै आचारसंहिता उल्लङ्घनको घटना न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।

मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरी भट्टराईको अध्यक्षतामा आयोजित गोष्ठीमा नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य ललिता साह, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष राजेश कर्ण, सचिव भोला पासवान, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, सिरहा अध्यक्ष मनोज बनैता लगायतकाले मन्तव्य व्यक्त गरे ।

यसैगरी वरिष्ठ पत्रकार अनिल कुमार अनल, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रिय सदस्य अबधेश झा, सप्तरी शाखाका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, ब्यस शंकर उपाध्याय लगायतकाले आचारसंहिता निर्माण सम्बन्धी सुझाव दिएका थिए । मिडिया काउन्सिलका सदस्य वन्दना झाद्वारा सञ्चालित कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत मुनेश्वर यादवले गरे ।

 


लोकप्रिय छुटाउनुभयो कि ?