Logo

राज्यमन्त्री कर्णद्वारा विद्यार्थीलाई ब्याग वितरण

                     
Logo २९ फाल्गुन २०७८, आईतवार १८:५८    

२९ फाल्गुन , राजविराज।

लायन्स क्लब अफ खडकनगर सप्तरीले सोमबार कल्याणपुरका एक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ।

जिल्लाको कल्याणपुर स्थित भवानी प्रसाद सकल प्रसाद रामप्रसाद जनता माध्यमिक विद्यालयमा कक्षा १ देखि ५ सम्ममा अध्ययनरत  १ सय ४४ जना विद्यार्थीहरूलाई मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्णले स्कुल ब्याग वितरण गरेकी हुन ।

उक्त ब्याग वितरण गर्दै राज्यमन्त्री कर्णले विद्यार्थीहरूलाई अनुशासित र मिहिनेती हुन आग्रह गरिन । राज्यमन्त्री कर्णले विद्यार्थीहरूलाई दिइएको ब्यागले उनीहरूमा शिक्षा प्रति थप उर्जा बढ्नेनिजी विद्यालयको जस्तै अनुभव गर्ने बताइन । राज्यमन्त्री कर्णले लायन्स क्लब एक विशुद्ध समाजिक सेवामा समर्पित संस्था रहेकोले यसका ज्ञान र सेवामूलक कार्य सबैको लागि आवश्यक रहेको बताइन ।

लायन्स क्लब अफ खडकनगर सप्तरीका अध्यक्ष माला कर्णको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएका थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रोहित प्रसाद सिंह कार्यक्रममा लायन्स क्लब अफ खडक नगरका उपाध्यक्ष शत्रुधन प्रसाद साह अजाद, सचिव ध्रुव कुमार मण्डल, लान्यस क्लब सदस्य एवं नेकपा माओवादी केन्द्र खडक नगरपालिकाका अध्यक्ष जय प्रकाश चौधरीलगायत विद्यालयका शिक्षकहरूकोविद्यार्थीहरूको उपस्थिति रहेको थियो। 

 


लोकप्रिय छुटाउनुभयो कि ?