३० फाल्गुन, कञ्चनरूप ।


सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिका ४ टेंगरीमा शनिबार राति भएको आगलागी परि घर वार विहीन भएका अग्निपीडितलाई नेपाली कांग्रेस सप्तरी क्षेत्र नं.१ , राहा सामग्री वितरण गरको छ ।
नेपाली कांग्रेस क्षेत्र नं. १ सप्तरी का सभापति ललन प्रसाद गुप्ता अनुसार विपद् को घडी क्षेत्रीय सहमतिको तर्फबाट सानो सहयोग गरको बताएका छन साथै

अग्निपीडितलाई अन्य संघ संस्थाहरू लाई आग्रह समेत गरेका छन ।
अग्निपीडितलाई हण्डी , पन्युँ, गिलास अम्खोरा, डाडु, बाल्टिन, जग, त्रिपाल ब्याङ्क्वेट, भुल, भुजा, चामल आलु नुन ,चाँउ चाँउ लगायतका सामाग्री प्रदान गरको बताएका छन ।
अग्निसाईर कृष्णसावरण गा.पा. ४ टेंगरी टोलका डम्बर यादवले आफ्नै फुसको घर अगाडि थुपारी राखेको रुखको पातमा अचानक आगलागी हुँदा आगो फैलिई हुँदा १३ वटा घर जलेर नष्ट हुँदा २३ लाख ७५ हजार बराबरको क्षति भएको थियो ।












