३ चैत्र , कञ्चनरूप।


सप्तरीको खडक नगरपालिकामा नेकपा ( एकीकृत समाजवादी ) को ५५ सदस्य नगरपालिका स्तरीय कमिटी गठन भएको छ ।
खडक नगरपालिकाको प्रथम नगर अधिवेशनबाट विजय कुमार साहको अध्यक्षतामा ५५ सदस्य नगर कमिटी गठन भएको हो । कमिटीमा उपाध्यक्ष गंगाराम चौधरी, विमल देवी सरदार र नजमुल हुसेन मिया, सचिव महेश कुमार चौधरी ,सह विश्वनाथ साह, लगायतका पदाधिकारी रहेका छन ।

नेकपा (एकीकृत समाजवादी) सप्तरी खड्क नगरपालिका प्रथम नगर भेलाको जिल्ला कमिटी सचिवालय सदस्य तथा नगरपालिका इन्चार्ज शत्रुधन प्रसाद साह ,आजाद को अध्यक्षता र जिल्ला कमिटी सदस्य तथा नगर सह इन्चार्ज कमरेड देवकान्त चौधरीको कार्यक्रम सञ्चालनमा स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशको सह इन्चार्ज कमरेड रामप्रित पासवानको प्रमुख आतिथ्यमा र स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश कमिटीको अध्यक्ष राम चन्द्र यादवको विशिष्ट आतिथ्यमा एवं अतिथि जिल्ला कमिटी का.वा. अध्यक्ष कमरेड प्रताप नारायण चौधरी ,संसदीय निर्वाचन क्षेत्र नं.४ को इन्चार्ज राजेन्द्र प्रसाद साह, नेपाल बुद्धिजीवी परिषद् सप्तरी जिल्लाको संयोजक ,अनिल कुमार अनलु को विशेष उपस्थिति लगायत खड्क नगरपालिका भित्रका जिल्ला कमिटी सदस्यहरूको उपस्थितिमा विजय कुमार साहको अध्यक्षतामा खड्क नगरपालिका नगर कमिटी सर्वसम्मत चयन भएको थियो ।













