११, बैशाख , कञ्चनरूप ।


सप्तरीको कञ्चनरूप वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मण यादव नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
नेकपा एसका केन्द्रिय सदस्य उपेन्द्र नारायण साहले यादवलाई स्वागत गरेको कञ्चनरूप नगरकमिटी अध्यक्ष विष्णु देव चौधरीले बताए ।

गएको स्थानीय तह चुनावमा यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
प्रवेश कार्यक्रममा नेकपा एसका प्रचार विभाग सचिव प्रकाश खतिवडा केन्द्रीय सदस्य उषा पोखरेल ,जनजाति महासङ्घ केन्द्रिय सदस्य पुरुषोत्तम चौधरी , प्रदेश कमिटी सदस्य मो. इस्लाम नगरकमिटी अध्यक्ष विष्णु देव चौधरी , जिल्ला कमिटी समस्यालगायतको उपस्थिति थियो ।












