१३ , बैशाख कञ्चनरूप ।


सप्तरीको कञ्चनरूपका निर्वाचन अधिकृत हिमाल बरालले मध्यरातमा एमालेको मिलोमतोमा उममेदवार परिवर्तन गरेका छन ।
उपमेयर पदकी उम्मेदवार आस्रा चौधरीको उम्मेदवारी समानुपातिक सुचीमा रहेको थाहा पाएर उम्मेदवारी खारेजी हुने सम्भावना देखे पछि निर्वाचन अधिकृत बरालले एमाले नेतासंग सम्पर्क गरी मध्यरातमा उम्मेदवार परिवर्तन गरेका हुन् ।

श्रोतका अनुसार एमाले उपमेयरको उम्मेदवारको रुपमा असरा देवी चौधरीले समय सीमा भित्र मनोनयन दाखिला गरेकी थिइन तर उनको उम्मेदवारी बदर हुने अवस्था देखे पछि निर्वाचन अधिकृतले एमाले नेताहरूलाई सूचित गरि मध्यरातमा फायल गायब गराई कल्पना चौधरीको नाम उपमेयरको उम्मेदवारको सुचीमा सार्वजनिक गरेका थिए । आस्रा
निर्वाचन अधिकृतले गरेको उक्त कार्य विरुद्ध नेकपा एस,नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी, लगायतका अन्य पार्टीहरू विज्ञप्त प्रकाशित गरि मध्यरातमा गरिएको उम्मेदवारी परिवर्तन खारेज गर्न माग गरेका छन ।
यसै गरी उपमेयर उम्मेदवारहरू नेपाली काङ्ग्रेसकी मुना पोखरेल, नेकपा (एकीकृत समाजवादी)की हेमकुमारी पोखरेल नेकपा माओवादी केन्द्रका बन्सी चौधरी, जनमत पार्टीकी सम्झना राना , जसपा नेपालकी कल्पना चौधरीले मध्यरातमा भएको गतिविधि खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतलाई निवेदन दिएका छन् ।
निवेदनमा स्थानीय तहको निर्वाचनको सन्दर्भमा सप्तरी कञ्चनरूप नगरपालिकाको उम्मेदवारी दाखिला गर्ने विषयमा निर्वाचन कार्यालयले मध्यरातमा उम्मेदवारी परिवर्तन गरेको घटनाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । उक्त निवेदनमा जनाइए अनुसार एमाले उपमेयरको उम्मेदवारको रुपमा असरादेवी चौधरीले समय सीमा भित्र मनोनयन दाखिला गरेकी थिइन । तर उनकोे उम्मेदवारी वदर हुने अबस्थाको देखे पछि निर्वाचन कार्यालयले एमाले नेताहरुलाई सुचित गरि मध्यरातमा फायलनै परिवर्तन गराई कल्पना चौधरीको नाम उपमेयरको उम्मेदवारको सुचिमा सार्वजनिक गरेको उपमेयर उम्मेदवारहरुले आरोप लगाएका छन् ।
निर्वाचन कायालयबाट भएको उक्त कार्यले निष्पक्ष निर्वाचन हुने कुरामा प्रश्नचिन्ह खडान भएको उनिहरुको दावी छ । निवेदनमा निर्वाचन कार्यालयबाट भईरहेको यस्ता खालका गतिबिधि अबिलम्ब रोक्न ,मध्यरातमा दाखिला गरिएको उम्मेदवारी खारेज गर्न र भएको गरेको कामको छानवीन गरि दोषिलाई कारवाही गर्न माँग गर्दै माँगको सुनुवाई नभए तालबन्दि सहितको संघर्षको कार्यक्रम सहित आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।













