Logo

धनुषाको जनकनन्दनी-१ मा एकीकृत समाजवादीको प्यानल नै विजयी

                     
Logo ३१ बैशाख २०७९, शनिबार १८:०४    

३१ वैशाख, जनकपुरधाम ।

धनुषाको जनकनन्दनी गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका सन्तोष कुमार गोइत प्यानलसहित निर्वाचित भएका छन् ।

गोइतले ४१२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देवनाथ मैरता यादवले ३२४ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए ।

सदस्यमा सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमलादेवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित भएका छन् । खनलाईन खबरबाट


लोकप्रिय छुटाउनुभयो कि ?