१ जेष्ठ सप्तरी ।


सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ मा कांग्रेसका रोहिणि प्रसाद पोखरेल वडाध्यक्षमा प्यानल सहित विजयी भएका छ्न भने वडा नं. २ मा एमालेका जाहिर हुसेनको प्यानल सहित विजयी भएका छ्न ।
वडा नं १ का पोखरेलले ७सय ५७ मत ल्याई विजयी भएका छन । पोखरेलका प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार नारायण खड्का ले ४ सय ३५ मत मात्र प्राप्त गरेका छन ।

वडा नं २ का हुसेनले ४सय ६८ मत ल्याई विजयी भएका छन । हुसेनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकाका उम्मेद्वार मधुकर प्रसाद चौधरी ले ४सय ६१मत मात्र प्राप्त गरेका छन ।
अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । एमालेका उम्मेदवार सबजुल खलिफाले ६४१ मत ल्याइ वडा अध्यक्षमा विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अछमितलाल चौधरीले ५५० र जसपाका रामनारायण चौधरीले ५१४ मत ल्याएका छन्।
खडक नगरपालिका १ मा लोसपाबाट वडा अध्यक्षमा राजकुमार साह ८११ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सिंहेश्वर मण्डलले ६३८ मत ल्याएका छन्। महिला सदस्यमा लोसपाकै अभाना खातुन, लित महिला सदस्यमा ललितादेवी राम तथा सदस्यहरूमा दिलिपकुमार मण्डल र त्रिभुवन मण्डल विजयी भएका छन्।
खडक नगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदमा जसपाका हरेराम मण्डल ९ मत बढी ल्याइ विजयी भएका छन्। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मदेब साहले ३५९ र नेकपा (एमाले)का विसुन साहले ३३६ मत ल्याएका छन्। कुल १ हजार ४७५ मतको गणना पश्चात नेपाली कांग्रेसले महिला वडा सदस्य र दलित महिला सदस्य जितेको छ।
शम्भुनाथ नगरपालिकामा कांग्रेसका जिवछ साहले ४७४ मत ल्याई वडा अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बद्रीनारायण यादवले ३७१ मत ल्याएका छन्।
कञ्चनरूप नगरपालिका वडा नम्बर १ मा प्यानलसहित जसपा नेपालका रव्बान खान विजयी भएका छन्। हनुमाननगर कंकालिनी नगरपालिका–१ को वडा अध्यक्षमा जनमत पार्टीका सुरेन्द्र मण्डल पनि प्यानलसहित निर्वाचित भई खाता खोलेका छन्।












