विरेन्द्र साह


३ जेठ ,राजविराज
सप्तरीमा नेकपा एमालेले एक पालिका जित हासिल गरेको छ ।

स्थानीय तह निर्वाचन २०७९ को अग्नि साइर कृष्ण संवरण गाउँपालिका अध्यक्ष पदमा नेकपा(एमाले)का दिनानाथ चौधरीले बिजयी हासिल गरेका छ्न । उनले कुल १२ हजार ४ सय २५ खसेको मत मध्ये ४ हजार ८ सय ७४ मत प्राप्त गरि जित हात पारेका हुन ।उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पर्शुराम चौधरीले ३ हजार ८ सय ८८ मत प्राप्त गरेका हुन। त्यसैगरी माओवादी केन्द्रका रघु कुमार सिन्हा थारूले १२ सय ७३ मत र जनता समाजवादी पार्टीका रामदेव यादवले ११ सय ६६ मत प्राप्त गरेका हुन । कुल ६ वटा वडा रहेको सो पालिकामा ३ वटामा कांग्रेस, २ वटामा एमाले र एउटामा माओवादी केन्द्रले जितेका छन् ।












