Logo

कञ्चनरुप नगरपालिकामा नेपाली काँग्रेस विजय

                     
Logo ६ जेष्ठ २०७९, शुक्रबार १२:४६    

६ जेठ कन्चनरूप ।

सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयर र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा नेपाली कांग्रेसका ललनप्रसाद गुप्ता र उपप्रमुखमा मुनाकुमारी पोखरेल विजयी भएका हुन ।

मेयरमा निर्वाचित गुप्ताले ७ हजार ८८९ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी जसपाका भोलाकुमार पासवानले ५ हजार ७०४ मत ल्याएका छन् भने नेकपा (एमाले)का कलिम मियाँले ५ हजार २०५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा पोखरेल ७ हजार ७४ मत ल्याई निर्वाचित भएकी निर्वाचन छन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की कल्पना चौधरीले ५ हजार ५ सय ४७ मत प्राप्त गरिन् भने जसपाकी कल्पनाकुमारी चौधरीले ५ हजार २३८ मत प्राप्त गरिन् ।


लोकप्रिय छुटाउनुभयो कि ?