Logo

कञ्चनरूपको बैरवा आगलागी १० लाख भन्दा बढीको क्षति ,नगरप्रमुख गुप्ताद्वारा राहत वितरण

                     
Logo २ मंसिर २०७९, शुक्रबार २०:३४    

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं.१ बैरवामा बिहीबार राती आगलागी हुँदा नगद, खाद्यान्न, लत्ताकपडा र पशुचौपाया गरि १० लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय कारी खंग र नारायण खंगको घरमा आगलागी हुँदा नगद २४ हजार, एउटा गोरु, भाँडाकुँडा, लत्ताकपडा, अन्नपात र घरसहित गरि १० लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सोही अआगलागी फैलिदा नारायण खंगको घर, नगद, लाइन मिटर, मोटर, अन्नपात, लत्ताकपडा, भाँडाकुँडासहित गरि लाखौंको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो  नेपाल प्रहरी र स्थानीयवासी र दमकलको सहायताले नियन्त्रणमा आएको  प्रहरीले जनाएको छ ।

कञ्चनरूप नगरप्रमुख ललन प्रसाद गुप्ताले आफ्नो व्यक्तिगत तफबाट आगलागी पीडितहरूलाई परिवारलाई चामल, दाल, नुन, तेल, ट्रयाकसुट, झुल, सिरक लगायतका अन्य सामाग्रीहरु प्रदान गरेका छन ।


लोकप्रिय छुटाउनुभयो कि ?