कञ्चन२४डटकम ३१ जेठ कञ्चनरूप । कञ्चनरूप नगरपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेलाई स्वागत गरिएको छ । आज बुधवार नगरपालिकाको सभाहलमा भएको स्वागत कार्यक्रममा नगरपालिकाकी उप प्रमुख मुना पोखरेलले गम्छा र फुल माला लगाएर स्वागत गरेकी हुन ।


स्वागत सम्मान कार्यक्रममा वडा अध्यक्षहरू कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू र कर्मचारीले पनि स्वागत गरेका थिए । स्वागत सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख मुना पोखरेलले कञ्चनरूप नगरपालिकामा प्रशासनिक कार्यलाई चुस्तदुरुस्त बनाउँन यहाँको योगदान प्रभावकारी रहने कुरामा आफू विश्वस्त रहने बताएकी छन ।उप प्रमुख पोखरेलले कञ्चनरूपलाई राम्रो बनाउँन अधिकृतको भूमिका मुख्य रहने भएकाले यसलाई मनन गर्दै अगाडि बढ्नुहुन् आग्रह गरिन ।

सो अवसरमा आफ्नो भनाई राख्दै नयाँ प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जनप्रतिनिधि र नेपाल सरकार बिच आफ पुल भएको भन्दै कामहरू बाँडफाँड गरेर काम गर्नुपर्ने बताएका छन । काम गर्दै गर्दा सिक्ने र सिकाउने कार्यलाई जारी राख्दै उपलब्धिमूलक कार्य गर्न साथै अधिकृत घिमिरेले जनप्रतिनिधि र कर्मचारीहरूसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छ्न । स्वागत कार्यक्रममा प्रशासन शाखा प्रमुख नवराज खड्काको सहजिकरणमा उप प्रमुख मुना पोखरेलको अध्यक्षतामा नयाँ प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई स्वागत गरिएको थियो । स्वागत कार्यक्रमपछि अधिकृत घिमिरेलाई कार्यकक्षमा स्वागत गर्दै कार्यरत मुख प्रशासकीय अधिकृत रेणुका शाहले पद भार ग्रहण गर्न आग्रह गर्दे बर बुझबुझारथको प्रक्रिया बढेकोले बर बुझारथ सकिए पछि नगरपालिकाबाट बिदा हुने बताइन ।













