२, असार कञ्चनरूप।


मैथिली साहित्य परिषद सप्तरीको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचनमा ५८.४३ प्रतिशत मतदान भएको छ ।
शनिबार बिहान ८ बजेदेखि शुरु भएर अपरान्ह ४ बजेसम्म निर्वाचनमा कुल ८ सय १८ मतदातामध्ये ४ सय ७८ जनाले मतदान गरेका हुन ।

परिषदको अध्यक्ष पदका लागि अवधेश कुमार झा र अजय कुमार झाले उम्मेदवारी दिएका छन् । मतगणना को अन्तिम परिणाम आज नै आउने निर्वाचन समितिले जनाएको छ ।












