Logo

म राजनीतिमा लाग्दा राजनीति, साहित्य र धर्मका बीच फराकिलो फाटोहरू थियो : जय प्रकाश आनन्द

                     
Logo २ असार २०८०, शनिबार १८:४९    

पुरै दक्षिण एशियाको हिमाली खण्ड अर्थात हिमवत्खण्डमा अनि पूर्व-उत्तरको ब्रम्हपुत्रको बहाव तथा दक्षिणमा गङ्गाको मैदानी भाग हुँदै उपल्लो कश्मिर-कन्दहारसम्म धार्मिक एवं सांस्कृतिक रूपमा साझा धरोहरका क्षेत्र हुन्। यस भन्दा पनि धेरै ठुलो भु-भाग।

यसमा एउटै समान प्रकारका आस्थाका केन्द्रहरूलाई धेरैले आ-आफ्ना ठाउँहरूमा स्थापित गरेको अनेकन उदाहरणहरू छन्। यसका लागि सबैले आ-आफ्ना गाथाहरू रचे।

दक्षिणको तिरुपति मन्दिर असमको गुवाहाटीमा बनाए। काशीको मूल विश्वनाथ मन्दिर अपवित्र भयो भनी करपात्री महाराजले बिएचयू भित्र अर्को विश्वनाथ मन्दिर बनाए। वाराणसीको ललिता घाटमा नेपाल कै राजा महाराजाहरूले अर्को पशुपतिनाथको मन्दिर बनाए। कुनै दिन भारत र नेपालका बीच तनाव बढेर भारतीयहरूको नेपालमा खुला आवागमन बन्द भै तेताका पशुपति श्रद्धालुहरू ललिता घाट कै पशुपति तिर लागे भने फेरी यहाँबाट अर्को धर्मयुद्ध थाल्नु पर्ने हुन्छ। प्रागः ऐतिहासिक कालमा तान्त्रिकहरूले पशुपतिनाथको आराधना पद्धतिलाई नै बदलिई दिएपछि आदि शंकराचार्य नेपालमण्डलको काठमाण्डु आई पशुपतिको रक्षा गर्नु परेको इतिहास छ। यसको साक्षी आज पनि पशुपति क्षेत्रमा शंकराचार्य आश्रम रहेको प्रष्ट नै छ।

भारत उत्तराखण्डको हिमालयको फेदमा रहेको केदारनाथको शिर हाम्रो डोलेश्वर महादेवलाई भन्यौं। थाहा छैन, व्यास मुनी कहिले आएका थिए तनहुँ। तर, दमौलीमा व्यास गुफा छ। भष्मासुर र  महादेवको लखेटा लखेटी भयो कहाँ कहाँ यता हलेसीको गुफामा महादेव लुक्न आएको मान्यता छ। कुनै पनि वैज्ञानिक तथ्यहरूबाट महाभारत कालिन बिराट राजाको भूपी वा दरबार बिराटनगर छेउमा भएको पुष्टिदैन्। तर, बिराटनगरेहरू बिराट राजाको दरबारलाई पर्यटन स्थल बनाई छोडे। युधिष्ठिरका भाइ अर्जुन कहिले र किन झापा आए होलान तर यहाँ अर्जुनधारा, किच्चकबध सबै छ। उपलब्ध तथ्यहरूले भन्छ बराहक्षेत्र मन्दिरको स्थापना कुचबिहारका कोच राजाहरूले गराए। तर, यो क्षेत्र कोचहरू द्वारा शासित रहेको भेटिन्न्। किन कोच राजाहरू यहाँ आए होलान। अहिले आठपहरिया राईहरू बराह मन्दिरलाई आफ्नो आराधना स्थल बनाएका छन् आफ्नै मान्यताहरूका आधारमा। पाथिभरा मन्दिर हिन्दुहरूले आफ्नो भन्छन्। भगवतीको मूर्ति नै छ तेहाँ। तर, पूर्वका लिम्बुहरूले पाथिभरा देवीको आफ्नै नामाकरण गरेका छन्। यस्तै छ सर्वत्र। बिना बिवाद, झै झगडा चलेकै थियो।

यता केपी ओलीले अयोध्या ढोरीमा पता लगाए। बालेन शाहले सीताको जन्मभूमि सीतामढीको साटो जनकपुरलाई दाबी गरेका छन्। ग्रेटर नेपाललाई पनि पछि पार्ने गरी। बिकास, निर्माण तथा समृद्धिका लागि हिँडेको नेपाली राजनीति यता ‘मिथक’ को पुष्पक विमान चढी उडदैछ।

म राजनीतिमा लाग्दा राजनीति, साहित्य र धर्मका बीच फराकिलो फाटोहरू थियो। चिरा हैन,फाटोहरू थियो। यस्तो नेताबाट प्रभावित थियौं, जसको भनाई थियो . “साहित्यमा सम्राट पनि नांगो हुन्छ।” बिपी कोइरालाले लेखेको ‘सुम्निमा’ का पात्रका बारेमा मतवाली र तागाधारीको दृष्टिबाट बिवाद पनि उठाए। जब यसलाई हामी साहित्य मान्छौ अनि यो निर्विवाद हुन्छ।

सिनेमा वा साहित्य सामाजिक सोच भन्दा निरपेक्ष हुन्न्। रामायण बुझ्ने शैली उत्तर भारतको भन्दा दक्षिणको धेरै फरक छ। दक्षिणका अत्यन्त प्रभावशाली बिद्वान ‘पेरियार’ जस्ताले रामायणको कटु आलोचना गरेका छन्। तेस बारे भारतमा गम्भीर बहस छ। दक्षिण त रावणलाई पुज्ने समाज हो। अहिले चर्चामा रहेका सिनेमाका कयौं बिषयमा स्वयं भारत भित्रै कटु बिवाद शुरू भएको छ। पात्रहरूका भेष, संवाद अनेक सवालमा। “असहमतले न हेर्दा हुने” तेहाँका सर्वोच्च अदालतले निरन्तर उठने यस्ता बवाललाई यसरी नै टुंग्याएको छ। हामी कसरी जाने नि रु यो हामीमा निर्भर गर्छ। सरकारले प्याजमा भ्याट लगाएको छ। यदि यसरी चिहान घारीमा ढाँट तेर्स्याएर राजस्व संकलन गर्ने लोभलाई त्याग्न सके मेरो बिचारमा सदाका लागि हिन्दी वा भारतमा निर्माण भएका सिनेमाहरूको प्रदर्शनमा रोक लगाई दिए यसरी बेला बेलामा उठने टंठा सेलाउथ्यो। कि गर्ने किरु

कमल थापाले धार्मिक हिन्दुत्वलाई उपयोग गर्न चाहे। उनी परराष्ट्र मन्त्री हुदाँ नै यसका लागि भारतीय धर्मान्ध हिन्दु नेताहरूसंग सम्बन्ध बनाए। थोरै फायदा लिए। तर, उनको त्यो राजनीति चलेन। अहिले बालेन आदिले यसमा राष्ट्रियताको जलप लगाएका छन्। यो राजनीतिको पपुलिष्ट एजेण्डाको नयाँ भर्सन हो, जसमा इतिहासको अज्ञानता, विद्यमान शासकीय असफलताले जमा पारि दिएको असन्तुष्टी, राजनीतिमा हाबी हुन सजिलो बाटोको खोजीज्ञान, जनमत निर्माणको इंजिनीयरिंग, कमजोर तथा तन्नम् राष्ट्रमा घरजम गरिबसेको राष्ट्रियताको तडका आदिको मसला मिश्रण छ-लाग्दछ अबको दिन यस्तै होला।

झापा, मोरङ र तनहुँमा मात्र हैन पुरै नेपालमा जताततै महाभारत र रामायण कालिन स्मृतिहरू पाइन्छ। विदेशमा पनि इन्डोनेशिया, कम्बोडिया र थाईलैण्ड तिर पनि। सबै उपासकहरूले आ-आफ्नो ठाममा महाभारत तथा रामायणका स्मृति स्थलहरू खडा गरेका छन्। तर, बस्तुतः रामायण र महाभारतको सत्य या कल्पना जहाँ गरिएर लेखिएको हो . भूमि तेही नै हो। मोरंगको बिराटनगर बि।स। १९०० को अन्त्य तिर गोग्राहा, बजार अड्डा र जतुवालाई जोडेर नामाकरण गरिएको हो। बिपी कोईरालाका बाजेहरूले नामाकरण गरेका हुन। आज बिराटनगर भनी उही महाभारत कालको बिराटराजाको नगरी भन्नु मपाई तथा तथ्यहिन थेथराई बाहेक केही भनिन्न्। नेपालीलाई फुर्सद छ। यस्तो बिवादमा लागि परेका छन्। हरियाना बाला यहाँ बिराट दरबार नाम किन राख्यो भनी बिवाद गर्न आएका छैनन्। शायद उनीहरूको प्राथमिकता अरू नै होला।

यो लेख जय प्रकाश आनन्दको फेसबुक पेजबाट लिइएका हौं ।


लोकप्रिय छुटाउनुभयो कि ?