२ असार , सर्लाही नवलपुर


मधेश प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले लम्पी स्किन इन्सफेक्सन भनिने गाईवस्तुमा देखिने गाईवस्तुको छालामा गिर्खा आउने र छाला कुहिएर झर्ने रोगको भ्याक्सिन आइ सकेकोले अब छिटै सबै स्थानीय तह सम्म गुग्ने बताएका छन ।
शनिवार लालबन्दी १ स्थित कामधेनु गौशाला नवलपुरमा आयोजित डेरी क्षेत्रका विज्ञहरूसँगको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले यस्तो बताएका हुन ।

मन्त्री न्यौपानेले तीन वर्षअघि भारत र बङ्गलादेशमा देखिएको यो रोग दुई वर्षअघि नेपाल भित्रिएको भएतापनि अब यो रोग भ्याक्सिन आइ सकेकोले समस्या समाधान हुने बताए ।
पशुमा AI अर्थात कृतम गर्भधारणको समस्याको समाधान गर्न मातहतका सबै निकायलाई निर्देशन दिएको समेत बताउदैन पशुमा AI गराउनको लागी उपकरण तथा औजार व्यवस्थापन गरि सकेको र अब कृषकहरूले सेवा पाउनेमा आफू विश्वस्त रहेको बताए ।
मन्त्री न्यौपानेले गत आर्थिक वर्षमा भए गरेका कामहरूमा रोकिएको वास्तविक कृषकको रकम भुक्तानीको ब्यवस्था भएको उल्लेख गर्दै बिमाको लागी ८० प्रतिशत ब्यवस्था भएको उल्लेख गरे ।
अब पाँच तारे होटलमा कृषि तथा कृषक सम्बन्धी कुनै पनि कार्यक्रम नगरिने यस्ता कार्यक्रम कृषकका धर आँगनमै गर्न आफ्नो मातहतका सबै कार्यलयलाई निर्देशन दिएको बताए ।
कार्यक्रममा कृषकहरूले मन्त्री न्यौपाने तथा विज्ञ सँग दुग्ध उत्पादन अनुसारको बजार भएको र पशुमा AI गर्न समस्या रहेको र पशु बिमाको तथा पौष्टिक आहारको गुणस्तरीय मापन नभएको गुनासो गरेका थिए । कार्यक्रममा मधेश प्रदेश दुग्ध उत्पादन बोर्डका निर्देशक डा.शंकर साह , नेपाल पोल्टिक इन्स्टिच्युट रामपुर चितवनका भेटनरी प्रोग्राम निर्देशक प्रो डा.डि.के. सिंह, कृषि यन्त्र प्रयोगशालाका रामनाथ झाले कार्य पत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सप्तरीबाट डा.भगत पर्साबाट डा.रामकुमार साह, रौतहटबाट इन्द्रदेव साह, बाराबाट राज किशोर साह, सर्लाहीबाट डा.जय प्रकाश यादव लगायत सहभागी थिए ।
कार्यक्रम मधेश प्रदेश दुग्ध उत्पादन चिस्यान केन्द्रका निर्देशक डा.शंकर साह अध्यक्षतामा भएको थियो भने कृषकको तर्फबाट मधु गौतम र अजितराम लामिछानेले मन्तव्य राखेका थिए ।












