Logo

मैथिली साहित्य परिषद सप्तरीको अध्यक्षमा अवधेश झा निर्वाचित

                     
Logo ३ असार २०८०, आईतवार २०:१८    

३ असार कञ्चनरूप । मैथिली साहित्य परिषद सप्तरीको अध्यक्षमा अवधेश झा निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न भएको  निर्वाचनमा अजय झालाई ५२ मतले पछि पार्दै अध्यक्षमा अवधेश झा निर्वाचित भएका हुन ।

अवधेश झाले २५८ मत ल्याएर अवधेश निर्वाचित भए भने अध्यक्ष पदका उम्मेदवार अजय झाले २०६ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा अवधेश प्यानलबाटै राजकुमार लाल दास २४६ मत ल्याएर निर्वाचित भए ।

सचिवमा संजीव नारायण यादव सह सचिवमा ललिता झा कोषाध्यक्षमा सोभिता दास ,

सदस्यमा राजिव कुमार झा ३१९, पंकज झा ३१६, रमिला साह ३१२, गजेन्द्र कुमार मण्डल ३१०, रबी कुमार राय २९६ र अजित कुमार ठाकुर २९४ मत ल्याएर विजयी भएका हुन 


लोकप्रिय छुटाउनुभयो कि ?