५,असार कञ्चनरूप । जिल्लाको कञ्चनरुप नगरपालिकामा सुरक्षित वैदेशिक रोजगारीका लागी प्रहरी तथा पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।


सुरक्षित आप्रवासन (सामी) परियोजनाको आयोजनामा प्रहरी तथा पत्रकारहरूबीच सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपालबाट वैदेशिक रोजगार जाने संख्या ६० लाख रहेको सामी परियोजनाका संयोजक राजेन्द्र यादव जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगार जाने सङ्ख्यामा मधेश प्रदेश पहिलो दोश्रोमा कोशी प्रदेश र तेस्रोमा लुम्बिनी प्रदेश रहेको बताए ।
मधेश प्रदेशबाट वैदेशिक रोजगार जानेमा धनुषा एक नम्बरमा रहेको छ भने सिराहा दोश्रो, महोत्तरी तेश्रो , सर्लाही चौथो र पाचौँमा सप्तरी रहेको (सामी) संयोजक यादव बताए ।
हाल दैनिक सरदर २,५०० जना वैदेशिक रोजगार जाने गरेको, परियोजना संयोजक यादवले बताए ।
श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा जानेको संख्या ६५ लाख नाघिसकेको ,आ.व. २०७९/८० को चैत्र सम्म (९ महिना) कूल श्रम स्वीकृतीः ६,०२,१५३ः महिला –९%), मुख्य गन्तव्यः मलेसिया÷खाडी मुलुकहरु (श्रम सम्झौता–कतार र मलेसिया), सरदर दिनको ४/५ शव नेपाल ल्याउनु पर्ने दुखदायी अवस्थाको संयोजक यादवले बताए ।
आ.व. ०७८/७९ मा रु.१० खर्ब ०७ अर्ब विप्रेषण भित्रिएको (न्म्ए–२३.८ प्रतिशत))NRB reportत–2o89/079,५६% घरपरिवारले विप्रेषण प्राप्त गर्ने गरेको, गरिबी न्यूनीकरण, जनसंख्या वृद्धिदरमा न्यूनीकरण र विदेशी मुद्रा सञ्चयमा महत्वपूर्ण योगदान रहेको परियोजना संयोजक यादवले अन्तरक्रिया कार्यक्रममा बताए ।
२०६७ ०७०मा २ जिल्ला , २०७०– २०७५मा १८ जिल्ला + काठमाडौं ,२०७५– २०८१मा ३९ जिल्ला (१५६ स्थानीय तह) प्रदेश –१मा ८ जिल्ला मधेश प्रदेशमा ८ जिल्ला बागमती प्रदेशमा ८ जिल्ला ,गण्डकी प्रदेशमा ६ जिल्ला, लुम्बिनी प्रदेशमा ७ जिल्ला कर्णाली प्रदेशमा १ जिल्ला र सुदूरपश्चिम प्रदेशमा १ जिल्ला वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषण रहित बनाउन नेपाल सरकार र स्विस सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुरूप सञ्चालित ,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व, प्रदेश सरकारको समन्वय र अनुगमन, स्थानीय सरकारद्वारा व्यवस्थापन र कार्यान्वयन, हेल्भेटास नेपालको प्राविधिक सहयोगमा नेपालमा सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालनमा रहेको बताए ।
परियोजनाले मुख्य काम गर्ने क्षेत्रहरू भनेकै वैदेशिक रोजगारी जानु भन्दा सीप सिकेर मात्र जाऔँ भन्ने सूचनामा पहुँच पुर्याउने र विदेशमा दुख पाएर घर फर्केका व्यक्तिहरूलाई मनोसामाजिक परामर्शको दिने न्यायमा सहजीकरण गर्ने, वित्तीय साक्षरता सम्बन्धी जानकारी दिने परियोजना संयोजक यादवले बताए ।
कार्यक्रममा नगरप्रमुख ललन प्रसाद गुप्ताले युवाहरूले वैदेशिक रोजगारी जानु भन्दा पहिले सही सूचना र सीप लिएर मात्र जान युवाहरुलाई अग्रह गरेका थिए । उनले वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई स्वारोगार बनाउनको लागि नगरपालिका कृषि क्षेत्रमा लगानी गरेर युवा कृषि निर्भर बनाउन लागिएको बताए । वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई रोजगारी दिनको लागि नगरपालिकाले रिटर्नीज युवासँग कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।
कार्यक्रममा नगरप्रमुख गुप्ताले पत्रकारहरूले वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूले विदेशमा पाएको दुख विषय उठान गर्न आग्रह गरे ।
कार्यक्रममा कञ्चनपुरका डीएसपी दीपक कुमार रायले वैदेशिक रोजगारमा हुने ठगी र मानव बेचबिखनको समस्या न्यूनिकरणका लागि प्रहरीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै यो कार्यक्रममा वर्षको शुरुमा गर्दा वार्षिक कार्यतालिकामा राखेको सुरक्षित वैदेशिक रोजगारीका विषयमा काम गर्न हुने बताए ।
सुरक्षित आप्रवासन सामी परियोजना अन्तरगत सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा कञ्चपुर मातहतका प्रहरी चौकी इन्चार्जको सहभागिता रहेको थियो ।












