Logo

सप्तरीको कञ्चनरूपमा गाँजा सहित एक जना पक्राउ

                     
Logo ५ असार २०८०, मंगलवार २१:५९    

५ असार कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकाको बलुवाबाट घरमा लुकाई छिपाई भण्डारण गरी अवैध गाँजाको बिक्री वितरण गर्ने गरेको आरोपमा एक जना युवक  पक्राउ परेका छन ।

नगरपालिकाकाको वडा नम्बर ७ बलुवाका ४० बर्षीय उमेश साहले आफ्नो घरमा लुकाई छिपाई भण्डारण गरी राखेको १६ किलो ९ सय ३० ग्राम अवैध गाँजा सहित साहलाई नियन्त्रणमा लिएको बताइएको छ ।

विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट गएको टोलीले सोमबार राति साहको घरबाट टिनको बक्सभित्र कालो प्लास्टिकको पोकामा प्याक गरिएको गाँजा नियन्त्रणमा प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?