Logo

समाजवादी मोर्चा बन्दा केपी ओली बर्बराइराखेका छन् : माधव नेपाल 

                     
Logo ८ असार २०८०, शुक्रबार २०:२६    

अम्बिका दाहाल ।

८ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओलीले कम्युनिष्ट प्रधानमन्त्री प्रचण्डलाई हटाएर दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको बताएका छन ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एमाले अध्यक्ष ओलीविरुद्ध यसरी आक्रामक बनेका हुन् ।

अध्यक्ष नेपालले समाजवादी र कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाउनुपर्नेमा ओलीले प्रचण्डलाई ढालेर कांग्रेसलाई सत्ताको नेतृत्व दिन चलखेल गरिरहेको आरोप लगाउँदै भने, ‘ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन । उसले अहिले पनि के चाहेको छ भने केपी ओलीले कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, हामी साथ दिन तयार छौं भनिरहेका छन ।’

उनले भने, ‘अहिले हाम्रो पार्टी नेपालको राजनीतिमा एउटा महत्वपूर्ण शक्तिको रुपमा उदाएको छ । समाजवादी मोर्चा बनाएकोमा धन्यवाद दिनुपर्ने ठाउँमा आफूहरुले गरेको कदमलाई पनि सहन गर्न नसकेर एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइराखेका तपाईँहरूले सुनिरहनुभएको छ ।

नेपालले भने, ‘ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन । उसले अहिले पनि के चाहेको छ भने केपी ओलीले कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, हामी साथ दिन तयार छौं भनिरहेका छन् । कस्तो विडम्बना, त्यो कम्युनिष्ट पार्टीको चरित्र कस्तो होला ?

समाजवादी मोर्चाको नेतृत्व आफूले गरेको र एकीकृत समाजवादीको अस्तित्व तथा शक्तिलाई सबैले स्वीकार गरेको जिकिर गर्दै प्रतिगमनको दिशामा गएको राजनीतिको कोर्स आफूले बदलेको उनले दाबी गरे ।

नेपालले नेकपा एसले नै अबको नेतृत्व गर्ने भन्दै प्रतिगमनको दिशामा गएको राजनीतिको कोर्स आफूले नै बदलेको दाबी गरे ।


लोकप्रिय छुटाउनुभयो कि ?