Logo

कम्युनिष्टहरू विभाजित हुँदा राजनीतिकसँगै सांस्कृतिक संकट बढ्दै : झलनाथ खनाल

                     
Logo ८ असार २०८०, शुक्रबार २०:५३    

Jhal Nath Khanal Photo: THT file

अम्बिका दाहाल

८ असार, काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बितेका तीन चार वर्षको बीचमा गाउँगाउँमा डरलाग्दो ढंगले धर्म परिवर्तन र चर्चका भवनहरू बनिरहेको बताए ।

नेकपा एसको सम्पर्क विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले ‘हाम्रोसामु सांस्कृतिक संकट डरलाग्दो ढंगले बढेको छ । गाउँगाउँमा, वार्डवार्डमा चर्चहरू ठडिएका छन् । यो तीन चार वर्षको बीचमा यत्रा चर्चका बिल्डिङहरू कसरी बने रु साढे ८ हजार चर्च कसरी बने रु अझ अमेरिकाबाट विदेशीमन्त्री कुर्लिन्छ, नेपालमा हिन्दको लागि कोष छ, बुद्धिष्टको लागि कोष छ तर, क्रिश्चियनलाई किन खोइ भनेर ।’

पूर्वप्रधानमन्त्री खनालले कम्युनिष्ट पार्टीहरू विभाजित हुँदा मुलुकमा राजनीतिकसँगै सांस्कृतिक संकट बढ्दै गएको टिप्पणी गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयको पछिल्लो रिपोर्टले नेपाललाई धार्मिक युद्धमा फसाउन खोजेको आरोपसमेत खनालले लगाए ।


लोकप्रिय छुटाउनुभयो कि ?